जेष्ठ नागरिकलाई सम्मान, नगर प्रमुख तथा सामाजिक व्यक्तित्वहरूको उपस्थितिमा सम्पन्न
कपुरी डेक्स ।
शिवराज नगरपालिका वडा न १ मा ८० वर्ष र सो भन्दा माथिका जेष्ठ नागरिकहरूको सम्मानमा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रको अवसरमा नगर प्रमुख अजय थापा, उप प्रमुख शिव कुमारी थारु , लेखा अधिकृत रामचन्द्र मरासिनी, स्वास्थ्य प्रमुख चुडामणि भट्टराई, ज्येष्ठ नागरिक मन्चका नगर अध्यक्ष राम प्रसाद पौडेल र आधारभूत अस्पतालका डा. अमित पाण्डे सहित विभिन्न सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथिहरूले जेष्ठ नागरिकहरूको योगदान र समाजमा उनीहरूको महत्त्वको विषयमा चर्चा गरिएको थियो । नगर प्रमुख अजय थापाले उक्त अवसरमा जेष्ठ नागरिकहरूको सम्मान गर्नको लागि नगरपालिकाले निरन्तर पहल गरिरहने प्रतिबद्धता व्यक्त गरेका थिए ।
उप प्रमुख शिव कुमारी थारुले पनि जेष्ठ नागरिकहरूको स्वास्थ्य र भलाइको लागि थप सेवा र सहायताको लागि नगरपालिका हरेकपल तयार रहेको बताइन् । समापन कार्यक्रमा प्रमुख अतिथिहरूले जेष्ठ नागरिकहरूको लागि भविष्यमा नगरपालिकाले थप सुविधाको विस्तर गरि थप कार्यक्रमहरू संचालन गर्नुपर्ने बताए ।
कार्यक्रम संचालनको क्रममा जेष्ठ नागरिकहरूको अनुहारमा खुशी र कदर स्पष्ट देखिएको र जसले समाजको सुदृढ बनावट र सम्मानको महत्त्वलाई बलियो बनाएको थियो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























