सामाजिक सञ्जालबाट एमाले नेतृत्वप्रति भ्रम सिर्जना गरेको भन्दै प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले कारबाहीको माग गर्नुभएको छ ।
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने कार्य भएको भन्दै लामाले आपत्ति जनाउनुभएको हो ।
उहाँले मंगलबार आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत नियोजित रुपमा फैलाइएका भ्रमको पछि नलाग्न समेत सबैमा आग्रह गर्नुभएको छ ।
उहाँले भन्नुभएको छ, ‘पार्टी अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्रीज्यूको आज काभ्रेपलाञ्चोक जिल्लामा कुनै कार्यक्रम थिएन । सामाजिक सन्जालमा फैलाइएका तथ्यहीन र भ्रमपूर्ण समाचारप्रति खेद व्यक्त गर्दछु । षडयन्त्रपूर्ण ढङ्गले गलत सूचना प्रवाह गर्नेहरु उपर हदैसम्मको कानूनी कारबाहीको माग गर्दछु ।’
सामाजिक सञ्जालमा भ्रामक सूचना प्रवाह गर्ने उपर कारबाही गर्न प्रेस चौतारी नेपालका महासचिव लामाको माग

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























