चन्द्रौटा,कपिलवस्तु । शिवराज नगरपालिका वडा न ५ को आर्थिक सहयोगमा मेरूदण्ड पक्षघात समूह कपिलवस्तुको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरूको उपस्थितिमा अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
अपाङ्गता अधिकारकर्मि दिपक खङ्काले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रवर्धन, समावेशीकरण र सशक्तिकरणका लागि सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यसहित सन् १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ लाई अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस’ का रूपमा विश्वभर मनाउने गरिएको र वडा न ५ ले यस कार्यक्रम प्रति चासो दिदै सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
‘नेपालको संविधानले अपाङ्गता भएका व्यक्तिहरूको सवालमा मानव अधिकार सहित अपाङ्गता भएका नागरिकलाई पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्चित गरेको मानव अधिकरकर्मि शिवराज सुवेदिले बताउनु भयो ।
’समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपांगता भएका व्यक्तिहरुको प्रबल नेतृत्व यसको आधार’ भन्ने नारासहित यो दिवस संगै अन्तरक्रिया गरि मनाइएको हो ।
अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि वडा न ५ का वडा अध्यक्ष नेत्र प्रसाद बेल्वासेले अपाङ्गता भएका व्यक्तिहरूको सवालमा वडा कार्यालय गम्भीर रहेको र प्रयाप्त बजेट विनियोजन गर्न नगरलाई सुझाव दिने बताउनु भयो ।
अध्यक्ष बेल्वासेले वडाको सानो प्रयास वाट अपाङता भएका व्यक्तिहरूको आर्थिक र सामाजिक परिवर्तनहुने कार्यक्रममा वडाले सक्दो सहयोग गर्ने बताउनु भयो ।
अन्तरक्रिया कार्यक्रमका अध्यक्ष खुमराज घिमिरेले नगरले बनाउने हरेक संरचना अपाङ्ग मैत्रीहुनु पर्ने बताउदै भौतिक-पूर्वाधार अपाङ्ग मैत्री नहुदा ह्युल चियर प्रयोगकर्ता र अन्य अपाङ्गता भएका व्यक्तिहरूलाई असहज हुने बताउनु भयो ।
कार्यक्रम राधेश्याम थारूको स्वागत मन्तव्य र
फर्सुराम खनालको संचालनमा सम्पन्न भएको थियो ।