कपुरी डेस्क,कपिलवस्तु, साउन ३१
जिल्लाको कृष्णानगर आसपासका क्षेत्रहरु मध्य मर्यादपुर, हर्दौना, मुजहना, कोटीया, बनचौरा र भिल्मी, लगायत नाका बाट समानको तस्करी हुदै आइरहेको छ ।
कपिलवस्तुको कृष्णानगर क्षेत्रमा आजभोली तस्करहरु सक्रिय बन्दै गएका छन् । प्रहरीको मिलोमतोमा प्याज, चिनी, मैदा, किराना सामान, कपडा, औषधि, मोटरपार्ट, मल खाद, हार्डवेयर लगायत सामानहरु तस्करी हुदै आएको छ ।
नेपालीहरुको चाडपर्व हरितालिका तिज, दशै तिहार लगायत पर्वहरु नजिकदै गर्दा यि सामानहरुको तस्करी बढदै गएको हो । विभिन्न मिडियाहरुले तस्करी भइरहेको विषय उठान गर्दे आएपनि संबन्धित निकायले उचित कदम नचालदा उक्त क्षेत्रमा निर्वाध रुपमा खुल्ला सीमा नाकाको फाइदा उठाउदै तस्करी गर्दे आइरहेका छन् ।
जिल्ला टोलीको सक्रियता बढै पनि तस्करीमा कुनै कमि आएको छैन् । सो क्षेत्रमा वि.ओ.पी तथा प्रहरी चौकी रहे पनि तस्करी नियन्त्रण हुन् नसकेको र अबैध रूपमा तस्करी हुदै आएको छ । उक्त क्षेत्रमा तस्करी भएका सामानहरु नेपालका प्रमुख सहर हरूमा जाने गरेको छ ।
दक्षिण पश्चिम क्षेत्रमा निर्वाध रूपमा तस्करी हुने विषय कुनै नौलो नभएको जानकारहरु बताउछन् । यसरी तस्करी हुदै आएपनि सम्बन्धित निकाय भनै बेखबर रहेको छ ।