सगरमाथा सिकाई केन्द्रको साधारण सभा सम्पन्न,वाचनालयको रुपमा विकास गर्नुपर्ने वक्ताहरुको जोड
दिपक खड्का चन्द्रौटा,कपिलवस्तु श्रावण २४ ।
सगरमाथा सामुदायि सिकई केन्द्रको चौथो साधारण सभा दुर्गा मन्दिरको सभाहलमा विहिवार एक कार्यक्रम बिच सम्पन्न भएको छ ।सिकाई केन्द्रले आर्थिक प्रतिवेदन सहित प्रगति प्रतिवेदन पेस गरेको थियो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका सदस्य तथा पूर्व वन तथा वातावरण मन्त्री अर्जुन कुमार केसी,शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेल, शिवराज नगरपालिकाका संस्थापक मेयर नेत्रराज अधिकारी,वडा न.५ का वडा अध्यक्ष नेत्र प्रसाद बेल्वासे र मानव अधिकार कर्मी विष्णु प्रसाद खतिवडा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा मानवअधिकार प्रतिष्ठानका जिल्ला सभापति विष्णु प्रसाद खतिवडाले संस्थाले यस क्षेत्रका समुदायका लागि विभिन्न कार्यक्रमहरु संञ्चालन गर्नु पर्ने बताउदै । संस्थामा आब्द्ध सदस्यहरुलाई क्रियाशिल हुनुपर्ने बतार्उनु भयो ।
कार्यक्रममा बोल्दै शिवराज नगरपालिकाका संस्थापक मेयर नेत्रराज अधिकारीले यस संस्थालाई स्थापन गरिएको परिकल्पना राम्रो भएको र यसलाई वाचनालयको रुपमा विकास गर्नु पर्ने बताउनु भयो । वहाँले मेयर भएको समयमा यस संस्थालाई भवन निर्माण र अन्य गतिविधिका लागि रकम विनियोजन गर्ने गरेको बताउदै । अहिले दैलो अगाडीको सरकारले बेवास्त गरेको प्रति दु:ख लागेको बताउनु भयो ।
कार्यक्रमा आफ्नो मन्तव्य राख्दै शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले हरेक संघ संस्थालाई नियमन अनुगमन र क्षमता अधिवृद्धि गर्ने काम स्थानिय सरकारको भएकोले समयमा सम्पर्क समन्वय गर्न अनुरोध गर्दे सिकाई केन्द्रलाई सहयोग गर्ने प्रतिब्द्धता व्यक्त गर्नु भयो ।
साधारण सभामा लुम्बिनी प्रदेश सदस्य अर्जुन कुमार के.सीले सिकाई केन्द्रलाई जन साधारण व्यक्तिहरुले पुस्तक र पत्रपत्रिका पढ्ने वा हेर्ने नगरको श्रोत केन्द्रको रुपमा विकास गर्नु पर्ने बताउदै । यस संस्थाको विधानमा उल्लेखित उदेश्य अनुसारको क्रियाकलापमा प्रदेशले हातेमालो गर्ने बताउनु भयो ।
कार्यक्रममा संस्थाकि सचिव प्रेमकला पौडेलको संचालन र संस्थाका सदस्य तौलेश्वर प्रसाद चौधरीको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























