दिपक खड्का
चन्दौटा,कपिलवस्तु श्रावण २३
शिवराज नगरपालिका वडा न ४ बस्ने १६ वर्षिय किशोरी आफ्नै घरको ढोकामा झुडिएको अवस्थामा उनलाई खाना लिएर गएको छिमेकी दिदिले देखेर चिच्चाउदै बाहिरा दौडिन । उनलाई चिच्चाउदै गरेको देखेर सबै किशोरी भएको घर तिर दोडिए ।
नातिनीलाई देख्ने बितिकै हजुर आमाले हतार-हतार डोरि काटिन । शरिर तातो थियो उनलाई चाडै भन्दा चाडै अस्पताल पुराइयो । समयमा अस्पताल पुराए पनि नातिनी नभएको हजुर आमाले रुदै भनिन् ।
टोल छिमेकीहरु गणेश श्रेष्ठको ससुराली घर परिपरि ठुलो भिड लगाएको थियो । बुझ्दै जादा घरको एक मात्र छोरीको दुखद निधनले त्यो परिवार छिदबिछिद भएको थियो । आमा कहिले होसमा आउदै कहिले बेहोश हुदै गरेको दृष्य काहाली लाग्दौ थियो ।
उनको निधनले पुरै गाँउ शोकमा डुबेको छ । उनको घरमा उनी संगै पढदै गरेका साथीहरुको रोइरहेका थिए । गुराँस घरको एक मात्र छोरी थिइन् । उनी कक्षा १० मा नेपाल आदर्श मा.वि प्रावधिक घारमा अध्यनरत छात्रा रहेको उनका हजुर बुवाले सुनाए ।
नातिनी एकासी यस्तो गर्दा पत्ताउन ग्राहो भएको बताउदै जाने त गइ सक्यो अब छोरीलाई कसरी सम्हालने उ दमको रोगी हो ।
हजुरबुवा भन्दै थिए पढाइ राम्रो थियो । घरवाट कहिले बाहिरा नजाने उसका लागि मैले प्रत्येक दिन बिस रुपैया गोजीमा राख्ने गरेको थिए ।
उ घर बाहिरा नजाने गए पनि अगाडी रहेको पसलमा चाउमिन खाना जाने गरेको बताउदै उसलाई के अभाव थियो यस्तो गरि जाने त गइसक्यो उसको आमालाई कसरी सम्हालने ।
हजुर बुवा सुनाउदै थिए उसलाई हामले अहिले सम्म मोबाइल दिएका थिएनौ मेरो मोबाइल हेर्ने गर्थि उसलाई ‘तारक मेहताको उल्टा चम्म’ सिरियल हेर्ने गरेको सुनाए ।
किशोरीका बुवा नेपाल प्रहरीमा कार्यरत रहेको र उनीको पोष्टिङ्ग डोल्पामा भएकोले आएपछि पोष्ट माडम गरिने वडा प्रहरी कार्यालयका प्रमुख गिता प्रसाद चौधरीले जानकारी दिए ।
नगर प्रमुख अजय थापा दुखत खबर पाउन साथ उक्त परिवारलाई भेटना जाँदा हजुर बुवा कृष्ण बाहदुर खत्री घटनाको प्रकृति हेर्दा हत्या भएको हुन सक्ने शंका भएकोले यस घटनाको निष्पक्ष छानबिन गरिदिन अनुरोध गरेका थिए ।
थापाले यस दुखद घटनाले आफुलाई दुखि बनाएको र निष्पक्ष छानबिनको लागि सम्बन्धित निकाए संग पहल गरिने बताए ।