न्युज डेक्स चन्द्रौटा,श्रावण २१ कपिलवस्तु ।
केही दिन अगाडी शिवराज नगरपालिका व्यवसायी तथा समाजसेवी कपिलदेव खनाल संगको भेटमा वहाँले शिवराज नगरपालिका वडा न. ५ बस्ने एउटा गरिब परिवार धैरे नै पिडामा रहेको सुनाए ।
असार महिनाको ५ र ६ गतेको रात्री आएको हावाहरुले ६७ वर्षको शिउलाल चौधरीको घरको छानो उडायो र उनी चिन्तित भए उनको पिडा देखेर छिमेकीहरुको सहयोगमा घरमा पुन छानो त चडाए तर टिन पुरानो भएकोले पानी पर्दा घर भित्र पस्ने र कपडा-लता र खाद्यान सबै भिजाउने बताए ।
यो दुखद दृष्यहो शिवराज नगरपालिका हेलोडिहवा निवसी शिउलालको उनको परिवारमा चार सदस्य छन । श्रीमती दिर्घ रोगी छोरी मानसिक रोगी र आफु घुडा दुख्ने बिरामी करिब ६ महिना जति भयो काममा नगएको उनले भने काम पनि पाइदैन कसरी जिविका चलाउने । श्रीमतीले मधुरो स्वरमा भनिन् ‘बाबु घरमा चामल छैन भए दिनु होला’
केहि दिन अगाडी सामाजिक अभियान्ता दिपक खड्का (काजी) उक्त परिवारलाई भेटन उनिहरुको घर गएको र परिवारिक अवस्था नाजुक भएको देखेर खडकाले आफ्नो फेसबुक पेजवाट ति परिवारका लागि सहयोगको आवहान गरे पश्चात केहि सामाजिक व्यक्तिहरुले खाद्यान्न उपलब्ध गराएको र केहि व्यक्तिहरुले थप उपलब्ध गराउने बताए ।
शिवराज नगरपालिका वडा न ५ का वडा अध्यक्ष नेत्र प्रसाद बेल्वासेले वडा कार्यालय वाट उक्त परिवारलाई विपत कोष वाट समेत राहत उपलब्ध गराउने सिफारिस नगरपालिकालाई पठाएको बताउनु भयो ।