शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडको वृक्षारोपण कार्यक्रम सम्पन्न
जितपुर ,चार नम्बर श्रावण १९ गते कपिलवस्तु ।
साइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत जीतपुर सब क्लस्टरमा रहेका सात वटा शाखाको आयोजना र सहभागीतामा वाणगंगा नगरपालिका वडा न. २ पिपरा मा रहेको श्री जनता माध्यामिक विद्यालयमा १०० वटा विभिन्न प्रजातिका सौन्दर्य बोटविरुवा लगाउने कार्य सम्पन्न भएको छ।

वृक्षारोपण कार्यक्रममा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक जितपुर सब क्लस्टर प्रमुख/जीतपुर शाखा प्रमुख कृष्ण प्रसाद पान्डे, सालझन्डि शाखा प्रमुख दिपक पौडेल, रुद्रपुर शाखा प्रमुख बाबुराम आचार्य, चन्द्रौटा शाखा प्रमुख प्रकाश शर्मा, गोरुसिङे शाखा प्रमुख सुदीप खनाल, जगदीशपुर शाखा प्रमुख मोहित बि.क. लगायत शाखाहरुका कर्मचारीहरु तथा विद्यालयका तर्फबाट विद्यालयका प्रधानाध्यापक रमेश पन्त, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हरि प्रसाद पाण्डे, बरिस्ठ सदस्य नेत्र बन्जाडे, नगर शिक्षा शाखा प्रमुख खिम बहादुर जि.सि. लगायत विद्यालयका शिक्षक शिक्षिका, र कर्मचारीहरुको उल्लेखनिय उपस्थिति रहेको थियो।
हालसम्म शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले १६००० विरुवा वृक्षारोपण गरिसकेको र यो बर्ष थप १००० बिरुवा वृक्षारोपण गर्ने योजना रहेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























