वडा अध्यक्ष ‘नसिम अहम्द खाँले दुई महिना शनिवार विदाको दिन पनि जन्ताको सेवामा खटिने गरि तालिका निर्माण गरि दर्ता नविकरणको सुरुवात गरेको बताउनु भयो । श्रावण महिनाको १९ गते सम्मा वडाले ७ सय १७ जना लाभग्राहीको नाम नविकरण सुचिमा दर्ता भई सकेको खाँले बताउनु भयो ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले यस आर्थिक वर्ष देखि बायोमेट्रिक नविकरण गर्ने सूचना जारी गरेपछि वडाहरुले बायोमेट्रिक दर्ता सुरु गरेका छन् ।
शिवराज नगरपालिका वडा न ४ ले श्रावण महिनाको १ गते देखि वडा कार्यालयवाट नविकरण दर्ताको सुविधा दिदै आएको र प्रत्येक शनिवार गाँउ-गाँउमा पुगि अशक्त वृद्ध र अपाङ्गता भएका व्यक्तिहरुलाई सेवा दिने खाँले बताउनु भयो ।
प्रावधिक टोलीले गाँउ वाटनै सामाजिक सुरक्षा भत्ता नविकरण र राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने व्यवस्था मिलाईएको वडा सचिव सावित्री चौधरीले बताउनु भयो । टोलिले श्रावण महिनाको १९ गते बर्गदवा गाँउमा एक सय पच्चिस जना व्यक्तिहरुको नविकरण गरिएको चौधरीले बताउनु भयो ।
वडा न ४ मा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने कुल व्यक्तिको संख्या १२ सय ५ रहेको छ । जेष्ठ नागरिक ६८ वर्ष भन्दा माथी २९९ जना,जेष्ठ नागरिक दलित २७ जना,जेष्ठ नागरिक एकल महिला ३९ जना, विधवा ९२ जना,पुर्ण अपाङ्गता भएका व्यक्ति १० जना,अति अशक्त भएका अपाङ्गता भएका व्यक्ति ३०,जना क्षेत्र तोकिएको बालबालिका ६७७ जना र दलित बालबालिका ३१ जना रहेका छन् ।