दिपक खड्का चन्द्रौटा,कपिलवस्तु श्रावण १९ ।
‘वडा अध्यक्ष टेकलाल सापकोटाले श्रावण र भद्रौ महिना भित्र टोल-टोलमा गइ भत्ता नविकरण गर्छौ’ शिवराज नगरपालिका वडा न ३ का वडा अध्यक्ष सापकोटाले वडा भित्र समाजिक सुरक्षा भत्ता प्राप्त गर्दे आइरहेका लाभग्राहीहरुलाई टोल-टोला पुगि सामाजिक सुरक्षा भत्ता नविकरण गर्ने बताउनु भयो ।
श्रावण महिनाको १८ गते शिवराज नगरपालिकाको अति विकट गाँउ मैनार बुलकियामा पुगि नविकरण दर्ता शिविरका प्रवधिक टोलिले ११५ जना व्यक्तिहरुको सामाजिक सुरक्षा भत्ता नविकरण भएको वडा सचिव रामफल चौधरीले बताउनु भयो ।
शिविरमा जेष्ट नागरिक ६८ वर्ष भन्दा माथि,एकल महिला भत्ता,दलित भत्ता,विधुवा भत्ता,पूर्ण अपाङ्ग भत्ता,अति अशक्त भत्ता,लोपउन्मुख भत्ता ,क्षेत्र तोकिएको ५ वर्ष मुनिका बालबालिकालाई भत्ता र दलित बालबालिका भत्ता संगै सम्पति कर राष्ट्रिय परिचयपत्र नम्बर सहितको सेवा उपलब्ध गराइएको सापकोटाले बताउनु भयो
वडा न ३ मा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने कुल व्यक्तिको संख्या १२ सय ६१ रहेको छ । जेष्ठ नागरिक ६८ वर्ष भन्दा माथी ३१३ जना,जेष्ठ नागरिक दलित ३१ जना,जेष्ठ नागरिक एकल महिला ३६ जना, विधवा ११६ जना,पुर्ण अपाङ्गता भएका व्यक्ति १६ जना,अति अशक्त भएका अपाङ्गता भएका व्यक्ति २८,जना क्षेत्र तोकिएको बालबालिका ६५३ जना र दलित बालबालिका ६८ जना रहेका छन् । हाल सम्म वडा न ३ मा ४ सय २६ जना लाभग्राहीको नविकरण सुचिमा दर्ता भएका छन् ।