न्युज डेक्स,श्रावण १२

शिवराज नगरपालिका वडा न ४ का वडा अध्यक्ष नसिम अहम्द खाँको पहलमा गाँउ-गाँउमा सामाजिक सुरक्षा भत्ता दर्ता नविकरण शिविर पिपरा गाँउमा संचालन गरिएको छ । अरु दिन वडा कार्यालयमा नविकरण हुने र प्रत्येक शनिवार गाँउ गाँउमा नविकरण दर्ता शिविर सञ्चालन गरिने योजन रहेको खाँले बताउनु भयो । आर्को शनिवार बरगदा गाँउमा शिविर संचालन गरिने बताउनु भयो ।

दर्ता नविकरणका लागि वडा कार्यालय र राष्ट्रिय परिचयपत्र नम्बरका लागि जिल्ला प्रशासन जानै बाध्यताको अन्तय गर्दे गाँउ वाट नै सम्पुर्ण सेवा सहितको प्रावधिक टोली खटाई एक सय जना भन्दा बढि व्यक्तिहरुको नविकरण गरिएको वडा न ४ कि सचिव सावित्री थारुले बताउनु भयो ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले हरेक वर्षको श्रावण र भद्रौ महिना सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिहरु स्वयम वडा कार्यालयमा पुगि नविकरण गर्नु पर्ने प्रावधान रहेको छ ।

वडा न ४ मा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने कुल व्यक्तिको संख्या १२ सय ५ रहेको छ । जेष्ठ नागरिक ६८ वर्ष भन्दा माथी २९९ जना,जेष्ठ नागरिक दलित २७ जना,जेष्ठ नागरिक एकल महिला ३९ जना, विधवा ९२ जना,पुर्ण अपाङ्गता भएका व्यक्ति १० जना,अति अशक्त भएका अपाङ्गता भएका व्यक्ति ३०,जना क्षेत्र तोकिएको बालबालिका ६७७ जना र दलित बालबालिका ३१ जना रहेका छन् । हाल सम्म वडा न ४ मा ३ सय ८० जना लाभग्राहीको नविकरण सुचिमा दर्ता भई सकेका छन् ।