दिपक खड्का चन्द्रौटा,कपिलवस्तु

बेलुकाको ७ बजे एक जना किशोरीको फोन आएको शिवराज नगरपालिकाका मेयर अजय थापाले केहि व्यक्तिहरुको बिचमा भइ रहेको  संवादमा बताउनु भयो । धैरे समय राजनैतिक संघर्ष वाट शिवराज नगरपालिकामा मेयरका रुपमा उदायका थापा  गरिब र विपन्न परिवारलाई कसरी प्रत्यक्ष लाभ पुग्न सक्छ भन्ने विषयमा चिन्तीत रहेको उनको हरेक छलफल र  काम गर्ने कार्यशैलीवाट देख्न सकिन्छ ।

थापालाई अपरचित किशोरीले आफु कक्षा १२ को अध्ययन पुरा गरेको र स्नातक तह पढना चाहेको फोन संवादमा बताइन् । किशोरीको बुवाको मृत्यु भएको र उनि गरिब,विपन्न परिवारमा हुर्केकोले  उच्च शिक्षा पढन आर्थिक समस्या  भईरहेको उनले आफ्नो  स्नातक तह  पढने धैरेनै इच्छ रहेको सुनाइन् ।

तर अहिले उनी रोजगारको शिलशिलामा भारत गएको थाह पाएको र उनलाइ नेपालमा रोजगार उपलब्ध गराउने केही प्रयास गरे पनि उनको सिप र योग्यता अनुसारको काम नभेटिएको थापाले कुराकानीमा भन्नु भयो । हाल शिवराज नगरपालिकाले माध्यमिक तह (कक्षा १२) सम्म यस क्षेत्रका विद्याथीहरुका निशुल्क अध्ययनका लागि अनिवार्य तथा निशुक शिक्षा लागु कार्यान्वयन गर्न बनेको ऐन,२०७९ जारी गरि  दुई वर्षदेखि कार्यान्वयनमा ल्याएको छ ।

मेयर थापाले भन्नुभयो माध्यमिक शिक्षा (कक्षा १२) नि:शुल्क भयो तर उच्च शिक्षा अध्ययनका गर्ने विद्यार्थी मध्ये  गरिब,जेहेन्दार,जनजाती,मधेसी,मुस्लीम,थारु,दलित,शहित परिवार र  खस आर्य छात्र छात्रा लक्षित वर्गका   किशोर,किशोरीहरुलाई स्नातक तह सम्मको अध्ययनमा समावेस गर्न सकिन्छ भन्ने विषय मेरो र  उपमेयर शिव कुमारी थारु बिच संवाद र बृहत छलफल चल्यो र हामी दुवैले  नगरपालिकाको आर्थिक वर्ष २०८१।०८२ को निति तथा कार्यक्रममा मेयर उपमेयर छात्रवृत्ति कार्यक्रमलाई योजना बनाउदै  लागु गर्ने सहमती गरेको बताउनु भयो ।

शिवराज नगरपालिकाकी उपमेयर शिव कुमारी थारु स्थानिय तहको पहिलो निर्वाचनमा निर्वाचीत हुदै शिवराज नगरपालिकाको संस्थापक उपमेयर भएको र सेलिब्रेटी उपमेयरको रुपमा चर्चा संगै शसक्त महिला र दोस्रो पटकको स्थानिय निर्वाचनमा भारिमतका साथ  पुन:निर्वाचित भएकोले जनताको मुख्य समस्याहरुको बारेमा जानकर भएको मानव अधिकार कर्मी विष्णु खतिवडाको भनाईरहेको छ ।  स्थानिय बिच निकै लोक्रप्रिय नेताको रुपमा परिचित वहाँले यस वर्षदेखि संचालनमा आउने मेयर उपमेयर   कार्यक्रम रु ८ लाख विनियोजन गरिएको बताउनु भयो ।

थारुका अनुसार नगरपालिकाले विगतका वर्षहरुमा पालिकाले सानो-सानो कार्यक्रम र दिवस मनाउनका नगरले लाखौ रकम विनियोजन गरेपनि खासै उपलब्धी नदेखिएकोले यस वर्षदेखि  विभिन्न वर्गका विपन्न,गरिब र जेहेन्दार किशोर किशोरीलाई छात्रवृत्ति कार्यक्रमले ठुलो रहात पुग्ने र लगभग १० जना विद्याधीले लाभ उज्जवल भविष्यको मार्गचित्र कोरना सक्ने भएकोले मेयर उपमेयर कार्यक्रम लागु गरिएकोले किशोर,किशोरीहरुको  स्नातक तह सम्म नि:शुलक अध्ययनको  सपना पुराहुने  बताउनु भयो । स्थानिय तहको पहिलो निर्वाचनमा सेलिब्रेटीको रुपमा चर्चा पाइसकेको र दोस्रो पटकको स्थानिय निर्वाचनमा पुन: निर्वाचित भएकोले उहाँ अहिले स्थानिय युवाबिच निकै लोक्रप्रिय हुनुहुन्छ ।