कपिलवस्तु /कृष्णनगर, साउन ९
कपिलवस्तुको कृष्णनगर नगरपालिका भोरहवा गाँउमा रहेको पोखरीमा पौडी खेल्ने क्रममा वडा नं ७ बस्ने अन्दाजी सोह्र बर्षियकी दुर्गीवती कोहारको पोखरीमा पौड़ी खेल्ने क्रममा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरीक्षक सुरज खत्रीले जानकारी दिनु भयो।
शवलाई शिवराज अस्पताल बहादुरगंज कपिलवस्तुमा पोस्टमार्टम गरि परिवारको जिम्मा लगाइएकाे ईलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ। साथै बर्षाको समयमा ताल, पोखरी लगायत ठांउ जलमग्न भएको अवस्थामा बाल बच्चा लाई सो स्थानहरूमा जान न दिन अभिभावक सचेत हुनुपर्ने प्रनि खत्रीले सुझाएका छन ।