चन्द्रौटा,कपिलवस्तु
नेपाल राष्ट्रिय शिक्षक संगठन शिवराज नगर समितिले स्थानिय तहमा आफुखुसी नीति नियम बनाउने नाममा शिक्षक कर्मचारीहरु माथी ज्याजतिहरु बढदै गएको भन्दै मंगलवार नगर प्रमुख अजय थापालाई २३ बुदे ज्ञापन पत्र बुझाएका छन् ।
संगठनले शिक्षक माथी मानव अधिकार हननका कार्यहरु बढन थालै पछि नगर समिति मार्फत पालिका प्रमुखलाई ज्ञापन पत्र बुझाइएको नगर समितिका अध्यक्ष गिरि प्रसाद गैह्रेले कपुरी अनलाईनलाई जानकारी दिए।
समितिले पूर्व प्राथमिक शिक्षक र विद्यालय कर्मचारीहरुको तलबमानमा वृद्धि शिक्षा ऐन नियममा भएको प्रष्ट व्यवस्था र विद्यालय व्यवस्थापन समितिको अधिकार क्षेत्र प्रतिकुल हुनेगरी जारी भएको शिक्षक सरुवा निर्देशिका खारेज, विद्यालयमा अध्यनरत कक्षा ४ का बालबालिकाहरुलाई दिदै आएको खाजा वापतको रकम दैनिक रु १५ वाट वृद्धि गरि रु ५० र क्रमश मा.बि तहसम्म खाजाको व्यवस्था मिलाउनु पर्ने ज्ञापन पत्रमा माग गरिएको छ ।
नेपाल राष्ट्रिय शिक्षक संगठन २०३६ सालमा स्थापना भै नेपालको शैक्षिक आन्दोलन,पेशागत हकहित संरक्षण समाज रुपान्तरण तथा राजनैतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्दै आएको शिक्षक संगठन हो ।