सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि परिचयपत्रमा विवरण दर्ता गर्न अनुरोध

काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले परिचयपत्रमा विवरण दर्ता गर्न छुट भएका व्यक्तिहरूलाई विवरण दर्ता गर्न अनुरोध गरेको छ ।
त्यसैगरी २८ जिल्लामा सामाजिक सुरक्षा भत्ताको लागि राष्ट्रिय परिचय नम्बर अनिवार्य गरिएको जनाउँदै ती जिल्लाहरूमा विवरण दर्ताका लागि जनशक्तिसमेत थप गरी विवरण दर्ता गर्ने कार्य भइरहेको पनि विभागले जनाएको छ ।
गत बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले मुलुकका विभिन्न स्थानमा भएको वर्षा, बाढी र पहिरोका कारण सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन असहज परिस्थिति सिर्जना भएकाले तत्कालका लागि राष्ट्रिय परिचयपत्र लागू नगर्ने गरी पहल गर्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको गरेको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर





















