घुससहित पश्चिम नवलपरासी कारागार प्रमुख पक्राउ
डेढ लाख घुससहित पश्चिम नवलपरासी कारागार प्रमुख पक्राउ पश्चिम नवलपरासीमा कार्यरत कारागार प्रशासक (शाखा अधिकृत) विनोद कुमार दत्त घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार उनलाई एक लाख ५० हजार घुससहित आइतबार पक्राउ गरिएको हो ।
दत्तले सेवाग्राहीलाई काम गरे बापत पाउने सेवा सुविधा दिन सहजीकरण गरिदिने भनी सेवाग्राहीबाट एक लाख रुपैयाँ र स्रोत नखुलेको ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा कारागार प्रशासकको निवासबाट नियन्त्रणमा लिइएको हो ।
आयोगका अनुसार उनीमाथि थप अनुसन्धान भइरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















