राम अवतार चौधरी
कपिलवस्तु, १६ असार ।

कामना सेवा विकास बैंक मैनिया शाखाद्वारा सूर्यपूराको नागरिक सहायता कक्षको रंगरोगन गरिएको छ । रुपन्देहीको मैनियामा रहेको शाखाद्वारा ईलाका प्रहरी कार्यालय नागरिक सहायता कक्षको शनिबार रङ रोगन गरिएको शाखा प्रमुख यज्ञ मूर्ति लुइटेल (अनिश) ले जानकारी दिनुभयो ।

बैंकका क्षेत्रीय प्रबन्धक खिम लाल भुसालले समाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम आयोजना गरिएको कार्यक्रम सकारात्मक रहेको बताउनुभयो । आम नागरिकलाई सेवा प्रवाह गर्ने प्रहरीको समस्यालाई मध्यनजर गर्दै रंग रोगनका क्रियकलापलाई प्राथामिकता दिइएको उहाँले जनाउनुभयो ।

सेवा प्रवाहमा थप टेवा पुग्ने बताउँदै बैंकले नाफा मात्रै नभएर समुदायप्रति पनि उत्तरदायि हुनु आवश्यक रहेको शाखा प्रमुख लुइटेलले बताउनुभयो । समाज परिवर्तनमा ठूला ठूला कार्य मात्रै नभएर स–साना कार्यलाई समेत ध्यान दिनुपर्ने उहाँको भनाई छ ।

ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपेन्द्र श्रेष्ठले सूर्यपूराको नागरिक सहायता कक्षको रङ रोगन गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । सामाजिक उत्तरदायित्व मार्फत अरु बैँक तथा वित्तिय संस्थाले समेत यस्ता खालका कार्य गर्न जरुरी रहेको उहाँको जिकिर गर्नुभयो । देशैभरी १ सय ३५ शाखा र ७७ वटा एटिएम केन्द्रबाट सो बैंकले सेवाग्रहीलाई सेवा प्रवाह गरिरहेको बैंकले जनाएको छ ।