वृक्षारोपण गरी स्थानीयलाई रोजगारीको पाटोसँग जोड्नु पर्छः प्रमुख सुवेदी
राम अवतार चौधरी
कपिलवस्तु, १५ असार
डिभिजन वन कार्यालय (गौतमबुद्ध) का प्रमुख वेसिन्द्र राज सुवेदीले भावी सन्ततिका लागि वृक्षारोपण गर्न आवश्यक रहेको बताएका छन् । पछिल्लो समय कटानी र फडानीका क्रम व्यापक बढेपछि वातावरणमा समस्या हुने गरेको बताएका उनले बताए । कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर –९, रैटहवामा राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर आयोजित वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । कञ्चन सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा अतिक्रमित १४ हेक्टर क्षेत्रफल फिर्ता लिएको प्रमुख सुवेदीले जनाए ।
जसमध्ये ७ हेक्टरमा वृक्षारोपण भइरहेको बताउँदै टिक, खयर, मसला, सहिगन, सिसौ लगायतको विरुवा रोप्ने कार्यलाई अगाडी बढाइएको उनको भनाई छ । सामुदायिक वन र स्थानीयको चाहाना अनुसार नै सार्वजनिक वन फिर्ता गरी बृक्षारोपणसहित हरियाली वन बनाउन मद्दत पुगेको सुवेदीले जिकिर गरे । स्थानीयलाई रोजगारीको पाटोसँग जोड्न वनले निकै महत्वपूर्ण योगदान पु¥याएको जनाउँदै मानव जीवनको अस्तित्वलाई प्रभावकारी विकास गर्न आग्राह समेत उनले गरे ।

अतिक्रमण भएका वन क्षेत्र यसैगरी सबैतिर फिर्ता गरी वृक्षारोपण गर्नसमेत बताए । “भावी सन्तति र समृद्धिका लागि वृक्षारोपण गरौँ” भन्ने नाराको साथ शुक्रबार सुरुवात गरिएको सव–डिभिजन वन कार्यालय चम्पापुरका प्रमुख प्रेम बहादुर चौधरीले जानकारी दिए ।
डिभिजन वन कार्यालयको आयोजनामा भएको कार्यक्रमलाई कञ्चन सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सिताराम थारु, हरियाली सामुदायिक वन उपभोक्ता समूहकी अध्यक्ष मिना थारु, दिनेश प्रसाद चौधरी लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए । यस बर्ष ६२ हेक्टर क्षेत्रफलमा १ लाख ५ हजार वृक्षारोपण गर्ने योजना रहेको डिभिजन वन कार्यालय (गौतमबुद्ध) चन्द्रौटाका वरिष्ठ वन अधिकृत गणेश कुमार थारुले जनाए । जस मध्ये २० हेक्टर राष्ट्रिय वन फिर्ता गरिएको जनाइएको छ ।

यस्तै जननेता स्वः मदन भण्डारीको ७३औँ जन्मजयन्तीको अवसरमा वृक्षारोपण गरिएको छ । नेकपा एमाले शिवराज नगर कमिटिको आयोजनामा नगरको रहतावल सामुदायिक वन परिसरमा वृक्षारोपण गरिएको नेकपा एमाले नगर कार्यवाहक अध्यक्ष महादेव पोख्रेलले बताए । अध्यक्ष पोख्रेलले टिक, खयर गरी विभिन्न प्रजातीका ५५० बिरुवाहरु रोपिएको बताए । वृक्षारोपण पछि समय–समयमा बृक्षारोपण गरिएको स्थान र बिरुवाको अनुगमन तथा मलजल गरिने एमाले शिवराज नगर कमिटिले जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























