चन्द्रौटा,कपिलवस्तु ।

शिवराज नगरपालिकाका मेयर अजय थापाले फेसबुकमा स्टाटस लेख्दै शिवराज नगरवासीलाई सर्पदंत सेवा लिनेहरुलाई निशुल्क ऐम्बुलेन्स सेवा प्रदान गरिने जानकारी दिनु भयो ।

तराई क्षेत्रमा गर्मी र बर्सातको समयमा सर्पको टोकाइ बाट धैरे व्यक्तिहरुको उपचारमा पहुँच नहुदा ज्यान गुमाउने गरेका छन् ।

शिवराज नगरपालिकाले यस अघी आफ्ना नगरवासीलाई निशुल्क रुपमा ऐम्बुलेन्स सेवा दिदै आएको थियो । नगर प्रमुख थापाको पहलमा गर्ववती महिलाहरुकालाई थप उपचारमा गर्न बुटवल भैरहवा सम्म निशुल्क ऐम्बुलेन्स सेवा दिदै आइरहेको छ ।

पालिकाले मृगौला पिडितहरुका लागि डायलाइसिस सेवा र शिवराज वासीलाई शव वाहन सेवा निशुल्क दिदै आएको छ ।

शिवराज नगरपालिकाका मेयर थापाले यस अधि शिवराजमा निशुल्क शिक्षा अभियान संचालन गर्दे आएरहेका छन । नगर प्रमुख थापाले जनता वाट उठेको कर जनताको सेवामा खर्च गरिने बताउनु भयो । थापा यस क्षेत्रमा गरिब दुखिका लागि सहज सेवा उपल्बध गराउने नगर प्रमुखको रुपमा चिनिदै आउनु भएको छ ।