गाई भैंसी पालक कृषकलाई तालिम
चन्द्राैटा, ३० जेठ ।
कपिलवस्तुको शिवराज नगरपालिकाका कृषकहरुलाई तालिम सञ्चालन गरिएकाे छ । नगरपालिकाकाे पशु शाखाले तीन दिने तालिम चन्द्राैटामा सञ्चालन गरिएकाे हाे ।
डा. प्रवेज आलमले पशु पालक कृषकलाई आधारभूत व्यवहारिक पाटाेलाई जाेडदिनुभयाे । कृषकलाई प्राेत्सहन गर्न तालिमसँगै औषधि उपचारबारे समेत ज्ञानसीप प्रदान गरिएको उहाँले बताउनुभयाे । असरफी यादव, पशु शाखा प्रमुख धनेश्वर खनाल लगायत तालिममा प्रशिक्षण दिइएकाे छ । २५ जना कृषकहरुकाे सहभागिता रहेकाे र पशु सेवा शाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























