डिजिटल युगमा, डिजिटल प्रविधि
आर.ए.अन्जान
कपिलवस्तु, २९ जेठ ।
कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ३ का वडा कार्यालयले डिजिटल प्रविधिको कार्य सुरुवात गरेको छ । डिजिटल युगमा प्रविधिको सदुपयोग गर्ने योजनासहित कार्य सुरुवात गरेको हो । घरमै बसी वडा कार्यालयको सुविधा लिन सक्ने वडा अध्यक्ष टेकलाल सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो ः– “प्रविधिमा घर नम्बरसहित क्यूआर कोड राखीएको छ । जसले आम नागरिकले वडाको सेवा घरबाटै लिन सक्ने व्यवस्था गरिएको छ । सापकोटाले थप्नुभयो ः– एम्बुलेन्स, डमकल, कृषि, शिक्षा र स्वास्थ्य लगायत कार्यालयले प्रदान गरिने हरेक सुविधा लिनसक्छन् ।”
सेवा प्रवाहलाई सहज, सुशासन र विपद् व्यवस्थापन लगायत सकरात्मक विकासलाई प्रभावकारी बनाउन डिजिटल घर नम्बर प्रणाली लागु गरिएको उहाँले जनाउनुभयो । प्रणालीमा सुरु भएकाले अव सम्बन्धित घर क्यूआर कोड स्क्यान गरी जानकारी प्राप्त हुने वडा अध्यक्ष सापकोटाको भनाई छ ।
सेवा प्रदायक बिलिस्स बाइटेस्बिलिस्स इन्भेसन प्रा.लि.का सुवोध रेग्मीले पालिकालाई डिजिटल बनाउने कार्य प्रशंसा गर्नुभयो । खासगरी आकस्मिक एम्बुलेन्स, हुलाक, डमकल लगायत सेवा लिन यो प्रणालीले वडा भित्रका आम नागरिकलाई समेत सहजता प्रदान गर्ने उहाँले उल्लेख गर्नुभयो । पहिलो चरणमा वडा नम्बर ३ को १ हजार ६ सय घरमा डिजिटल घर नम्बर प्लेट राखिने छ । एक हजार ८ सय घर मध्ये केहीको विवरण आउन बाँकी रहेको छ । बाँकी घरको विवरण संकलन गरि घरघरमा पुगी विवरणलाई विद्युतीय प्रणालीमा अभिलेखीकरण गरिने वडा कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























