दुर्गा प्रसाद काफ्ले चन्द्रौटा ।

कपिलवस्तुको शिवराजनगरपालिकाले नगर स्तरीय १९ जना आरन व्यावसायि हरुलाइ सम्मान सहित आवश्यक सामाग्री बितरण गरेको नगरपालिका ले जनाएको छ ।

दलित बिकास मन्चको समन्वय र नगरपालिकाको सहयोगमा १९ जना व्यवसायीहरुलाई  सामाग्री वितरण गरिएको हो । कार्यक्रम लाई सम्बोधन गर्दै नगर प्रमुख अजय थापाले पू्र्खाहरुले गर्दै आएको पेसा लाई संरक्षण र सम्बर्द्धन गर्दे नयाँ तरिका वाट जिविकोपार्जन गर्नु पर्ने बताउनु भयो ।

नगरपालिकाले  दिएको सामग्रीहरुको सहि सदुप्रयोग गर्न सके जिविकोपार्जनमा समेत टेवा पुग्ने र नगरपालिकाले बजारीकरणमा आवश्यक पहल गर्ने बताउनु भयो ।  व्यवसायीहरुले आरनको सामाग्री छिटो भन्दा छिटो  माग गर्नु समेत सबैलाइ आग्रह गर्नु भयो ।

शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेल ले सभा लाई सम्बोधन गर्दै पालिकाले अहिले आरन व्यवसायीहरुलाई पेशामा सहजताका लागि  समान बितरण गरिएको र  आगामी आर्थिक वर्षका लागि थप योजना सहित अगाडी बढने प्रतिब्धता व्यक्त गर्नु ।

कर्यक्रमलाई सम्बोधन गर्दै शिवराज नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष नेत्र प्रसाद बेल्बासेले लोप हुँदै गएको आरन पेशालाइ संरक्षण गर्नका लागि पालिकाले गरेको कार्य उत्कृष्ट रहेको बताउनु भयो ।

आरन संगै सम्मान पाउँदा आरन व्यवसायी धन बहादुर दमाई  आफु उत्साहित भएको र नगरपालिकालाई विशेष धन्यवाद दिनु भयो ।  कार्यक्रममा शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाको प्रमुख आतिथ्यता, प्रशासकीय अधिकृत बाबुराम पौडेलको विशिष्ट  आतिथ्यता ,वडा नम्बर ५ का वडा अध्यक्ष नेत्र प्रसाद बेल्बासे लगाएतको आथित्यता रहेको कार्यक्रम अध्यक्षता पुर्ण बहादुर सुनार र  यम बहादुर सुनारको स्वागत तथा सुवास दमैको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।