अभिभावकबिहिन विद्यार्थीलाई वडाको शैक्षिक सामग्री
आर. ए. अन्जान
कपिलवस्तु, २ जेठ ।
कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर–३ का विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । वडा भित्रका ५ वटा विद्यालयका अति गरिब, विपन्न तथा अभिभावकबिहिन घरपरिवारका ६० जना विद्यार्थीहरुलाई बुधबार वडा कार्यालय खरेन्द्रपुरमा सामग्री वितरण गरिएको हो ।
वडा अध्यक्ष टेकलाल सापकोटाले बालबालिकाहरुको भाग्य कोर्ने झोला वितरण गरेको बताउनुभयो । उहाँले वडाले वितरणबाट गरेको शैक्षिक सामग्रीले बालाबालिकाको शैक्षिक गुणस्तरमा टेवा पुग्न्र बताउनु भयो । आर्थिक मन्दीले सामान्य घरपरिवारका आम नागरिकको रोजीरोटी गुमिरहेकोले बताउँदै वडाको सानो सहयोगले ठूलो राहत पुग्ने वडा अध्यक्ष सापकोटाको भनाई छ ।

सामग्रीले विद्यार्थीहरुको पढाइमा सकारात्मक सोचको विकास हुने उहाँले बताउनुभयो । कतिपय विद्यार्थीहरु शैक्षिक सामग्री नभएको कारणले विद्यालयको पहुँचमा नभएकोले वितरणपछि सहज हुने अध्यक्ष सापकोटाले जनाउनुभयो । विद्यार्थीको अध्ययनलाई प्रभावकारी बनाउनका लागि निरन्तर विद्यालय पठाउन अभिभावकहरुसँग समन्वय गर्ने समेत उहाँले बताउनुभयो ।
यसैबीच वडा सदस्य श्यामलाल थारुले पछिल्लो समय शैक्षिक क्षेत्र प्राभावित हुन नदिन वडा कार्यालय सकरात्मक रहेको बताउनुभयो । शैक्षिकस्तर सुधार गर्न हरेक तवरले आफूहरु लागेको दावी गर्दै कुनै पनि बालबालिकाले पढ्न पाउने नैसर्गिक अधिकारबाट वञ्चित गर्न नहुने बताउनुभयो । अति गरिब, विपन्न तथा अभिभावकबिहिन परिवारका बालबालिकालाई सामग्रीले राहत पुग्ने उल्लेख गर्नुभयो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























