चन्द्रौटा.कपिलवस्तु ।

नेपाल इन्जिरिङ्ग परियद्ले एक सूचना जारी गर्दे नाम दर्ता प्रमाणपत्र निलम्बन गरेको छ । परिषद्ले शिवराज नगरपालिका वडा न.५ निवासी मोहम्मद हामिदको परिषदमा दर्ता भएको नाम (दर्ता न  २६८२३ सिभिल) लाई परिषद्को मिति २०८१।०१।२१ गतेको निर्णय अनुसार दुई महिनाको लागि इन्जिनिरिङ्ग व्यवसाय सम्बन्धी कार्य गर्न गराउन नपाउने गरी नेपाल इन्जिरिङ्ग परिषद् नियमावली २०५७ तेस्रो संसोधन २०८० सहित को नियम २३ को उपनियम (२)बमोजिम निलम्बन गरिएको र सोहि नियमावलीको नियम २३ को उपनियम (३)बमोजिम सम्बन्धित सबैलाई जानकारीको लागि मिति २०८१।०१।२३ गते परिषद्ले सूचना जारी गरेको छ ।

शाह ईन्जिनियरिङ्ग कन्सल्टेन्सीले विगत ५ वर्ष देखि   शिवराज क्षेत्रमा व्यवसाय संचालन गर्दे आइरहेको र यस क्षेत्रमा नयाँ तथा पुराना घरनक्साको काम गर्नुका साथै  ठेक्का,बैङ्क तथा वित्तीय संस्थाहरुको घर जग्गा मुल्याङ्कन गर्दे आइरहेको थियो ।