वराजमा युवाहरुका लागि सीपमूलक तालिम संचालन
शिवराज नगरपालिकाले आर्थिक वर्ष २०८०।०८१ को बजेटमा युवाहरुका लागि मोटर ड्राईभिङ्ग तालिम,एडभान्स विद्युत वायरिङ्ग तालिम र आधारभुत सिलाई कटाई तालिमको शिवराज नगरपालिका वडा न ५ को सभाहलमा तालिमको समुद्धाटन गरिएको छ ।
मोटर ड्राईभिङ्ग तालिम ६० दिनको प्रतिदिन ३ घण्टाको दरले ३४ जना युवाहरुको सहभागी रहने र एडभान्स विद्युत वायरिङ्ग तालिममा २९ जना र आधारभुत सिलाई कटाई तालिममा २६ जनाको सहभाती रहने सामाजिक विकासका संयोजक तथा वडा न ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले जानकारी दिनु भयो ।
तालिममा ८९ जना युवाहरुले विभिन्न तालिममा सहभागीता जनाउने र तालिम २ महिना सम्म संचालनहुने योजना शाखा प्रमुख प्रेम वलीले जानकारी दिनु भयो ।
कार्यक्रममा बोल्दै वडा न ५ का वडा अध्यक्ष नेत्र प्रसाद बेल्वासेले युवाहरुलाई सीप सिखने सुनौलो अवसर भएको बताउनु भयो । वडा न ३ का वडा अध्यक्ष टेकलाल साकोटाले युवाहरुले तालिम लिने तर तालिमलाई व्यवहारमा नउतारेकोले सिप खेर जाने बताउदै सीपलाई व्यवहारमा प्रउग गर्न आग्रह गर्नु भयो । कार्यक्रममा शिव कुमारी थारु (चौधरी)ले सबै सहभागीहरुलाई तालिम सफलताको शुभ कामना दिदै तालिम अवधीमा अनुशासित हुदै तालिममा सहभागी हुनु पर्ने बताउनु भयो ।
तालिम उद्धघाटन कार्यक्रममा मन्तव्य राख्दै नगर प्रमुख अजय थापाले तालिममा अनुशासनको पालना गर्दै तालिममा सहभागीहुने र तालिममा नगरले बनाएको आचार संहितामा रहि तालिम लिन र समयको सक्दो सदुप्रयोग हुनेमा आशावादी रहेको बताउदै तालिम सफलताको शुभकामना व्यक्त गर्नु भयो ।
तालिमको समुद्धाटन कार्यक्रम शिवराज नगरपालिका प्रमुख अजय थापाको अध्यक्षता नगर उप-प्रमुख शिव कुमारी थारुको आतिथिय्ता वडा न ३ का वडा अध्यक्ष टेकलाल सापकोटा र वडा न ५ का अध्यक्ष नेत्रप्रसाद बेल्वासेको आतिथित्यता रहेको कार्यक्रमको संचालन प्रेम वलीले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























