आर. ए. अन्जान

कपिलवस्तु, १७ बैशाख ।

प्रभु बैंक चन्द्राैटा शाखाले समयथान बहुमुखी क्याम्पसमा वाटर पियुरीफियर हस्तान्तरण गरेकाे छ । जिल्लाकाे शिवराज नगरपालिका-४, खरेन्द्रपुर स्थित क्याम्पसमा तीन थान पियुरीफियर हस्तान्तरण गरिएको बैंक शाखा प्रमुख तिलकराम पाण्डेले जानकारी दिए । 

प्रमुख पाण्डेले स्थानीयकाे समस्यालाई मध्यनजर गर्दै हस्तान्तरण गरिएको उनले बताए । सामाजिक उत्तरदायित्व मार्फत क्याम्पसलाई सहयाेग गरेकाे पाण्डे बताउँछन् । क्याम्पसलाई हस्तान्तरण गर्न पाउँदा आफू हर्षित भएकाे उनकाे भनाई छ । बैंकले पहिलेदेखि उत्तरदायित्व अन्तर्गत आम समुदायलाई गतिविधि सक्रिय राख्दै आएकाे उनले दावी गरे ।

यसैबीच क्याम्पस प्रमुख नामदेव खनालले पियुरीफियर ग्रहण गर्दै आफ्नाे विद्यार्थीहरुकाे मागलाई सम्बाेधन भएकाेमा खुसी व्यक्त गरे । विगत एक दशक पहिले स्थापना भएकाे क्याम्पसमा सिमित स्राेत साधनमा गुज्रिएको बताउँदै क्रमशः आवश्यकता पूरा भएकाे उनले जिकिर गरे । बैंककाे सहयाेगले क्याम्पस लगायत शैक्षिक गुणस्तरमा समेत प्रभावकारी हुने क्याम्पस प्रमुख खनालले बताए ।

कार्यक्रममा बैंकका कर्मचारी काैशल भट्ट, राजकुमार रेशमी, समयथान मा.वि.का प्रअ गिरीप्रसाद गैरे, शिक्षक अनिल काफ्ले,  शिक्षाप्रेमी बलराम मरासिनी र मधुसुदन पाेख्रेल लगायतको सहभागीता रहेकाे थियाे ।