आर.ए.अन्जान
चन्द्रौटा, १७ फागुन ।
चेतनशिल सामुदायिक वन उपभोक्ता समूहको १३ औँ साधारणसभा तथा तेस्रो अधिवेशनबाट राम पाल थारुको नेतृत्वमा नयाँ कमिटि गठन भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका–३ मैनार, बुलकीयमा बिहीबार भएको अधिवेशनबाट थारुको नेतृत्वमा १३ सदस्यीय कमिटि गटन भएको हो ।
जसको उपाध्यक्षमा तिर्थी थारु, सचिवमा अदालत थारु, सहसचिवमा चुदामणी थारु, कोषाध्यक्षमा अन्जला थारु लगायतको चयन भएको वन उपभोक्ता समूहले जनाएको छ । यस्तै सल्लाहकार संयोजकमा झगरु थारुको संयोजकतत्वमा ३ सदस्यीय कमिटि गठन भएको अध्यक्ष थारुले जनाए ।
यसैबीच डिभिजन वन कार्यालय (गौतमबुद्ध) का वन अधिकृत राम बहादुर छलानले वनको सदुपयोगसँगै संरक्षण गर्नसमेत आग्रह गरे । उनले पछिल्लो समय वन क्षेत्र निकै विनास भएको भन्दै संरक्षण सबैको सहकार्य जरुरी रहेको बताए । यस्तै वन क्षेत्रमा चोरी सिकारी गर्न नहुने बताउँदै सामुदायिक वनले रोजगारीको समेत सिर्जना गर्न पहल उनको भनाई छ ।
शिवराज नगरपालिका वडा नम्बर ३ का वडा सदस्य श्यामलाल थारुले वन क्षेत्रमा बसोबास गर्ने आम उपभोक्ताले वनसँग सम्बन्धित आर्यआर्जनका क्रियाकलापलाई प्रभावकारी ढंगाले अगाडी बढाउनुपर्ने बताए । त्यसैगरी रहतावल सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष यज्ञ बहादुर बेल्वासे, राम बहादुर केसी, शेखर थारु लगायतले कार्यक्रमलाई सम्बोधन गरेको थिए ।