कमल बिष्ट, कपिलवस्तुको शिवराज नगरपालिका १ का ज्येष्ठ नागरिक लाई सम्मान र उपहार प्रदान गरिएको छ, आर्थिक वर्ष २०८०/०८१ को वडा स्तरीय बजेट बाट स्वास्थ्य तर्फ ज्येष्ठ नागरिक सम्मान र उपचार कार्यक्रम अन्तरगत ८० वर्ष माथिका करीब ५० जना ज्येष्ठ नागरिक लाई न्यानो फाइबर सिरक, यातायात र खाजा सहित शिवराज वडा नम्बर १ का वडा अध्यक्ष खिमविक्रम केसी र प्रमुख अतिथि शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारु, वडा सचिव धनिश्वरा वैजाली लगायत वडा सदस्यहरूले सम्मान गर्नुभएको थियो ।

सम्मान प्राप्त गरेपछि वडाले आफुहरूलाई सम्झेर सम्मान गरेकोमा ज्येष्ठ नागरिकहरूले खुशी व्यक्त गरेकाथिए, नगर उपप्रमुख शिवकुमारी थारुले अग्रजहरू लाई सम्मान गर्न पाउनु आफ्नो शौभाग्य रहेको बताउदै समाजका हरेक क्षेत्रमा जनप्रतिनिधिहरूको नजर रहनुपर्ने जनाउदै सिमित श्रोतका बाबजुद सबै क्षेत्रमा सम्बोधन गर्ने प्रयत्नमा आफुहरू रहेको बताउनुभयो ।

त्यस्तै शिवराज नगरपालिका १ नम्बर वडाका वडा अध्यक्ष खिमविक्रम केसीले राज्यले गर्भमा रहेदेखि गर्भवती तथा सुत्केरी आहार, बाल पोषण, विभिन्न सामाजिक सुरक्षा भत्ता प्रदान गरिरहेकोमा ज्येष्ठ नागरिक लाई सम्मान पनि हुनुपर्ने धारणा अनुरुप वडा कार्यालयले आर्थिक व्यवस्थापन गरी सम्मान गरि अग्रजहरू लाई सम्झन पाएकोमा आफुहरू लाई सन्तुष्टि मिलेको बताउदै अग्रज लाई सम्मान गर्ने संस्कारको विकास हुन जरुरी रहेको धारणा राख्नुभयो ।

सम्मान ग्रहण पश्चात् स्वास्थ्य चौकीमै डाक्टर द्वारा सवै ज्येष्ठ नागरिकको स्वास्थ्य चेकजाच, सुगर परिक्षण र औषधि वितरण गरिएको शिवपुर स्वास्थ चौकी प्रमुख डिबी हमालले बताउनुभयो ।

शिवपुर स्वास्थ्य चौकी शिवराज १ शिवपुरको आयोजना र शिवराज नगरपालिका १ नम्बर वडाको आर्थिक सहयोगमा आयोजित कार्यक्रम शिवराज नगरपालिका १ नम्बर वडाका वडा अध्यक्ष तथा शिवपुर स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष खिमबिक्रम केसीको अध्यक्षता, शिवराज नगरपालिकाकी नगर उपप्रमुख शिवकुमारी थारुको प्रमुख आतिथ्यता र स्वास्थ्य चौकी व्यवस्थापन समितिकी उपाध्यक्ष टिका बिकको स्वागतमा सम्पन्न भएको थियो ।