कमल बिस्ट, कपिलवस्तु
फागुन १८ देखि २७ गते (मार्च १-१०) सम्म नेपालमा हुने साफ महिला यु-१६ च्याम्पियनसिपका लागि कपिलवस्तु जिल्ला शिवराज नगरपालिका ५ नम्बर वडामा स्थायी घर भएकी पूर्णिमा थारू राष्ट्रिय टिममा पर्न सफल भएकी छन् , शिवराज नगरपालिका ५ को राइजिङ्ग स्टार युवा क्लब बाट फुटबल खेल्दै आएकी पूर्णिमा अन्ततः नेपालको यु-१६ राष्ट्रिय टोलीमा पर्न सफल भएकी हुन् , राइजिङ्ग स्टारका अध्यक्ष समेत रहेका प्रदिप थापाले प्रशिक्षण र आफ्नो क्लब बाट खेलमा सहभागी गराउने देखि राष्ट्रिय टिममा सहभागिताका लागि सहजीकरण गरेपछि पोर्णिमा विभिन्न चरणको छनोट खेल्दै अन्ततः छनोट हुन सफल भएकी हुन ।
नेपालको यु-१६ टोली घोषणा भए संगै फारवार्ड प्लेयरको रुपमा पूर्णिमा छनोट भएकी हुन् । मुख्य प्रशिक्षक चक्र तामाङले शनिबार २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।
नेपाल, भारत, बंगलादेश र भुटान गरी दक्षिण एसियाका चार राष्ट्र सहभागी हुने च्याम्पियनसिप ललितपुरस्थित च्यासल रंगशालामा हुनेछ ।
नेपाली टोली
गोलकिपर : झरना डुम्राकोटी, सुनिता स्याङ्तान, लक्ष्मी ओली
डिफेण्डर : दिक्षा रायमाझी, रेजिना लामा, मीना चन्द, कृतिशा तामाङ, अंशु विक, मीनमाया श्रेष्ठ, एलिजा विक, ज्ञानुडोल्मा लो
मिडफिल्डर : भूमिका बुढाथोकी, आशिका कार्की, बबतिका कार्की, आयुषा रेउले, डिकीकुमारी स्याङ्बो तामाङ, आयुषा गुरुङ, रविना विक, सबिना तामाङ
फरवार्ड : पूजा गिरी, अनिता रानामगर, यमकुमारी विक, पूर्णिमा थारु ।