मेरो माईक्रोफाइनान्सका सदस्यलाई अवलोकन
कपिलवस्तु, २ फागुन ।
मेरो माइक्रोफाइनान्स लघुवित्ति वित्तिय संस्थाले एकदिने अवलोकन भम्रण कार्यक्रम गरेको छ । जिल्लाको शिवराज नगरपालिका वडा नम्बर ३ खरेन्द्रपुर शाखाले गत २६ गते गरेको संस्थाले जनाएको छ ।
संस्थाले आफ्न ग्राहक सदस्यलाई ग्राहक संरक्षण कोषबाट एकदिने भ्रमण अवलोकन गराएको शाखा प्रबन्धक सन्तोष पोख्रेले बताए । सो शाखामा आबद्ध २ सय २० जना महिला सदस्यहरुलाई मनकामना मन्दिर लगायतको पर्यटकीय क्षेत्रमा अवलोकन गरिएको उनले जानकारी दिए ।
ग्रामिण भेगका आमनागरिकलाई वित्तीय क्षेत्रमा महत्त्वपूर्ण योग्दान पु¥याउँदै जनजीवनमा सकारात्मक भूमिका खेलेको उनको भनाइ छ । सदस्यहरुको स–साना रकमले बचत गर्ने बानीसँगै भविष्यमा जीवन जिउन सहज हुने समेत प्रबन्धक पोख्रेलको भनाइ छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























