निर्माण कार्य चुस्तदुरुस्त बनाउन उपभोक्ता पदाधिकारीलाई अभिमुखिकरण
आर.ए. अन्जान
चन्द्राैटा, १७ माघ ।
कपिलवस्तु शिवराज नगरपालिका वडा नम्बर ३ का विकास निर्माणका कार्य गर्न गठन भएकाे अभिमुखिकरण कार्यक्रम गरिएको छ । आर्थिक बर्ष २०८०/०८१ मा सञ्चालन गरिने वडा भित्र विभिन्न गाउँ टाेलमा गठन भएका १८ वटा उपभोक्ता समितिका पदाधिकारीहरुलाई निर्माण कार्य गर्न सहज गराउन बुधबार अभिमुखिकरण गरिएको वडा कार्यालयले जनाएको छ । 
वडा अध्यक्ष टेकलाल सापकोटाले वडामा भए गरेका पूर्वाधार निर्माण कार्यमा टेवा पुग्ने बताए । कार्य चुस्त दुरुस्त बनाई दीर्घकालीन रुपमा बलियो बनाउनुकाे साथै कार्य सम्पन्न भएपछि कागजात संकलन गर्न मद्दत पुग्ने उनले उल्लेख गरे । पालिकाले गर्न नसकेकाे काम वडाले गरेकाे उनकाे दावी छ ।
उपभोक्ता समितिलाई महत्त्वपूर्ण हुने अभिमुखिकरणकाे आवश्यकता महसुस गरि याेजना सञ्चालनका लागि गुणस्तरीय बनाउँदै प्रभावकारी गराउनमा वक्ताहरुले जाेड दिएका थिए ।
दुई दर्जन बढी पदाधिकारीहरुलाई याेजना शाखा प्रमुख डिल्लीराज भट्टराई, पूर्वाधार शाखा प्रमुख रामजी थापा नेपाली, सव इन्जिनियर शिव पराजुली, आर्थिक प्रशासन शाखाकि लेखापाल रिता खनाल लगायतले प्रशिक्षण दिएकाे वडा कार्यालयले जनाएकाे ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























