कपिलवस्तु, १२ माघ ।

नेपाल कम्युनिष्ट पार्टी पश्चिम कपिलवस्तुले देशकाे समसमायिक बिषयमा अन्तर्क्रिया कार्यक्रम गरेकाे छ । जिल्लाको विजयनगर गाउँपालिकाकाे खडैचामा पार्टीले देशको वर्तमान राजनैतिक संकट, राज्यको षड्यन्त्र र यसको समाधानको विषयमा अन्तरक्रिया कार्यक्रम गरेकाे हाे ।

नेकपा पश्चिम कमिटीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सर्वपक्षीय राजनैतिक दलका प्रतिनिधिहरुको सहभागितामा गाउँपालिकाको सभा हलमा खडैचामा सम्पन्न गरिएको जिल्ला सेक्रेटरी विनोद लुइँटेल (पावेल) ले बताए । राज्य अहिले संकटपूर्ण अवस्था गुजिरिरहेको बताउँदै समाधानको लागि राजनैतिक दलका प्रतिनिधि र सरोकारवालाबीच बृहत अन्तरक्रियाबाट देशको अवस्थाको बारेमा विचार, विमर्श गरिएको उनले जनाए ।

यसैबीच कार्यक्रमलाई सम्बाेधन गर्द‌ै पार्टीका केन्द्रीय सचिवालय स्थायी कमिटी सदस्य सन्तोष बुढा मगर (सन्तोष विषम सी) ले मुलुक वर्तमान राजनीतिक अवस्था संकटपूर्ण अवस्थाबाट गुज्रि रहेको बताए । वैदेशिक हस्तक्षेप बढेर गएको बताउँदै गणतन्त्र धरापमा परेको उनले बताए ।

राष्ट्रियता, गणतन्त्र र जनजीविकाका समस्याहरु विकराल बन्दै गएको बताउँदै ३ बुदे सहमतिप्रति राज्य सरकारले षडयन्त्र रचेको उनले दावी गरे । जनताको आशालाई निरास बनाउन, प्रगति, विकास र परिवर्तन रोक्न, नेकपा र यसको नेतृत्वलाई जनताबाट कटाउन देशी र विदेशी प्रतिक्रियावादीहरु गम्भीर षड्यन्त्र गरिरहेको हुँदा यी षड्यन्त्रहरुको पर्दाफास गर्न, जनतालाई निरास हुन नदिन, स्वाधीनताको रक्षा गर्न, जनतालाई सचेत गर्न नेपाली नागरिकहरुसँग छलफल र अन्तरक्रिया आवश्यक रहेको सन्तोषले बताए ।

समस्याको तत्कालिक समस्या समाधान गर्न राज्यले अविलम्ब ३ बुदे कार्यान्वयन गर्नुपर्ने, बाह्यि हस्तक्षेप र नवउपनिवेशको अन्त्य र राष्ट्रि स्वाधीनता तथा अग्रगमनका लागि सम्पूर्ण प्रगतिशील देशभक्त, बामपन्थी, लोकतन्त्रवादी, गण्तन्ववादी, मध्यम वर्ग र आम न्यायप्रेमी तथा सचेत नेपाली नागरिकहरु नागरिकहरु एक ठाउँमा उभिनुको विकल्प नभएको उनको भनाई छ ।

यस्तै कार्यक्रममा पोलिट व्युरो सदस्य संजीव सीले देशको विकासका लागि वैज्ञानिक समाजवाद आवश्यक रहेको बताउँदै सत्तामा बसिरहेका दलहरूले देशलाई लुटेर खोक्रो बनाई सकेको बताए । उनले देशका युवाहरु रोजगारीका लागि विदेश पलायन भईरहेको बताउँदै वैज्ञानिक समाजवादले मात्र देशमा सामानता ल्याउने भन्दै सबैले वैज्ञानिक समाज लागू गर्नका लागि सबैलाई आग्रह गरे ।

त्यस्तै राप्रपाका लुम्बिनी प्रदेश काेषाध्यक्ष कृष्णप्रसाद पाैडेलले राष्ट्रप्रेमी बामपंथीहरु आफूभित्र भएका कमिकमजाेरीलाई सुधार गरेर अघि बढ्नुपर्नेमा जाेडदिए । पछिल्लो समय राजनीतिक दलका धमिराले गर्दा देश धारासायी बनेकाे उनले जिकिर गरे । आगामी फागुन १ गतेबाट सबैमिलि सत्ता परिवर्तन गर्नेगरी आन्दोलनलित हुनुपर्ने समेत उनले बताए । स्थिर सरकार निर्माण गरि देश विकासमा लाग्नुपर्ने काेषाध्यक्ष पा‌ैडेलकाे भनाई छ ।

कार्यक्रममा बोल्ने वक्ताहरुले संविधान संशोधन गर्ने, संसद संख्यामा धेरै भएकोले घटाउने, फोेहोरी राजनिती भएको, आ–आफ्नो पार्टी भित्र रहेका कमीकमजोरीलाई सुधार्न घचघच्याउनुपर्ने, संविधान संशोधन गर्दै बलियो बनाउनुपर्ने, सेवा सुविधालाई सहज बनाउने लगायतको विषयमा जोड दिएका थिए ।

कार्यक्रम नेकपा केन्द्रीय कमिटी सदस्य तथा पश्चिम जिल्ला इन्चार्ज हेमन्त चाैधरी, नेकपा कपिलवस्तु जिल्ला सदस्य रवि सेन वली, जिल्ला सचिव विनोद लुइँटेल, विजयनगर गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापा, नेपाली कांग्रेसका कपिलवस्तु उपसभापति हुमकान्त खनाल लगायतले कार्यक्रमलाई सम्बाेधन गरेका थिए ।