आर.ए.अन्जान
चन्द्रौटा, २५ पुस ।
कपिलवस्तुको चन्द्रौटामा भुमिहिन सुकुम्बासी संगठनको विरोध ¥याली गरिएको छ । बुधबार नेकपा (विप्लव) को भातृ संगठन अखिल भुमिहिन सुकुम्बासी संगठनको ¥याली गरिएको नेकपाले जनाएको छ ।
सुकुम्बासीलाई झुकाएकाे भन्दै शिवराज नगरपालिका, विजयनगर गाँउपालिका सुकुम्बासीहरुले विरोध र्याली निकालेको नेकपा पश्चिम कपिलवस्तुका सचिव बिनोद लुइटेल (पावेल सी) ले जानकारी दिए । उनले ¥याली पछि कोणसभालाई सम्बोधन गर्दै सरकारले सुकुम्बासीहरुको समस्या समाधान नगरे थप आन्दोनको चेतावनी दिए । सरकारमा रहेका तथा हुने खानेहरु मोजमस्ती गरिहरेका उल्लेख गर्दै यतिबेला गरिबहरुको साझा विहान घरमा चुलोे बल्ने अवस्था नभएको लुइटेलले जिकिर गरे ।
अखिल नेपाल भुमिहिन सुकुमवासी संगठनको प्रमुख तथा सुकुमवासी अगुवा खुमनसिंह परियारले समयमै सरकारले आफ्नो माग पूरा नगरे आन्दोलन चर्कोउने बताए । सत्ता पक्षमा रहेको नेतृत्वदायी भूमिका न निभाएको दावी गर्दै विशेषगरी ग्रामिण भेगका नागरिकहरुलाई स्थानीय वनसँग समन्वय गरी जोजसले गरिरहेका खेतियोग्य जमिन उसैको नाममा गराउने पर्ने जस्ता माग राखेको उनको भनाई छ ।
उक्त बृहत विरोध ¥याली कार्यक्रममा विभिन्न पालिका गरी करिब ५ सय बढी सुकुम्बासीको सहभागिता रहेको अखिल भुमिहिन सुकुम्बासी संगठनले जनाएको छ । सहभागीहरुले भुमिहिनलाई जमिन दे, सुकुम्बासीलाई बिशेष सहुलियत व्यवस्था गर, जमिन माथि सुकुम्बासीको हक छिन्न पाइँदैन, सुकुम्बासीका बालबालिकालाई गुणस्तरीय शिक्षाको व्यवस्था गर लगायत नाराबाजी समेत गरेका थिए ।