दिपक खड्का

नव नियुक्त उद्योग तथा यातायात व्यवस्था मन्त्रालयका माननिय  मन्त्री सरोज थापा (रोज राण)लाई शिवराज नगरपालिकामा एक कार्यक्रम बिच स्वागत तथा सम्मान गरिएको छ ।

सम्मान कार्यक्रमा शिवराज नगरपालिकाका सम्पुर्ण वडाका वडा अध्यक्ष शिवराज नगरपालिकाका उप-प्रमुख शिवकुमारी थारु नगरप्रमुख अजय थापा लगाएत समाजसेवीहरुको उपस्थिती रहेको थियो ।

स्वागत तथा सम्मान कार्यक्रममा स्वागत मन्तव्य राख्दै नगर उप-प्रमुख थारुले शिवराज नगरपालिकाको विकास निर्माण कार्यमा प्रदेशले थप योजन समेटना माग गर्नु भयो । थारुले यस क्षेत्रमा युवाहरुलाई उद्येमी बनाउने कार्यक्रम राख्ना समेत मन्त्रीलाई आग्रह गर्नु भयो ।

शिवराज नगरपालिका नगर प्रमुख अजय थापाले नव नियुक्त उद्योग तथा यातायता मन्त्री रोज राणालाई प्रदेश सभामा यस क्षेत्रमा गाइगोरुहरुले किसनाहरुको खेती नुक्सान गरेकोमा किसान चिन्ती भएको विषय प्रदेश सभामा  उठान गर्न आग्रह गर्नु भयो । मेयर थापाले यस क्षेत्रका जनता यातायात कर बुझाउन जान समस्या भएको विषयलाई पनि समाधानका लागि शिवराजको चन्द्रौटामा यातायात कार्यालयको सेवा दिन सेवा केन्द्र संचालनका लागि मन्त्री समझ आग्रह गर्नु भयो ।

सम्मान कार्यक्रमा नव नियुक्त उद्योग तथा यातायात व्यवस्था मन्त्रालयका माननिय मन्त्री सरोज थापा (रोज राणा) ले यस क्षेत्रका जनतालाई कर बुझाउन बुटवल,भालुवाङ्ग र तौलीहवा अपायक भएको गुनासो आएकोले आफनो पालोमा यस क्षेत्रमा सेवा कार्यालय संचालनका लागि प्रस्ताव अगाडी बढाउने जानकारी दिनु भयो । थापाले आफनो कार्याकालमा सेवा केन्द्र संचालनका लागि आफु प्रतिबद्ध रहेको बताउनु भयो ।