मिलिजुली महिला सहकारीकाे १६औँ साधारण सभा सम्पन्न
राम अवतार चाैधरी
चन्द्राैटा, १८ पुस ।
मिलिजुली महिला विकास बचत तथा ऋण सहकारी संस्थाको १६औँ वार्षिक साधारण सभा सम्पन्न भएकाे छ । जिल्लाकाे शिवराज नगरपालिका-३, खरेन्द्रपुर मंगलबार सहकारीको साधारण सभा गरिएकाे आयाेजकले जनाएकाे छ ।
लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनकुमार केसीले सभालाई सम्बाेधन गर्दै सहकारीले महिलालाई पैसा बचतकाे साथै विभिन्न सीपमूलक र स्वराेजगारमुलक तालिम दिई आर्थिक आय-आर्जनकाे पाटाेलाई मजबुत बनाउने कार्यमा अग्रसर हुनुपर्ने बताए । सहकारीले महिलालाई विकासका कार्यमा अगाडी बढ्न महत्त्वपूर्ण अवसर दिँदै महिलाहरूकाे एक-आपसमा सामाजिक सद्भावकाे पनि विकास हुँदै गएकाे उनले जिकिर गरे । महिलाकाे आर्थिक आय-आर्जनकाे साथै सहकारीले सबैलाई सहकार्यमा जाेडेकाेले पुँजीकाे स्तर उकास्न र बचत गर्न सहज हुने बताउँदै सहकारीकाे हरेक कार्यलाई निन्तरता दिँदै जानुपर्ने उनकाे भनाई छ ।


त्यसैबीच वडा नं. ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले अहिले सहकारी सबैकाे सुख दुखकाे साथी समेत बनेकाे भन्दै प्रशंसा गरे । उनले बचत गरेको रकमलाई सही प्रयोग गरी उत्पादनमुखी हुनुपर्नेमा जाेड दिए । महिलाहरूले सहकारीमार्फत समाजकाे विकासमा महत्त्वपूर्ण टेवा पुर्याउनकाे बताए । सहकारीमा पैसा बचत गरि कसरी, कुन कार्यमा लगानी गर्दा आर्थिक उपार्जन बढाउन गर्न सकिन्छ भन्ने विषयमा महिलाहरूकाे बढी ध्यान गएकाे समेत सापकोटाले बताए । सहकारीले चालू आर्थिक वर्ष १ कराेड १३ लाख ८० हजार ३४० रकम बराबरको काराेबार भएकाे सहकारीकाे बार्षिक प्रतिबेदनमा उल्लेख गरिएको छ । उक्त कार्यक्रममा सहकारीकी अध्यक्ष दीपा अधिकारी, कल्लु थारु, बलराम मरासिनी सभालाई सम्बाेधन गरेकाे संस्थाकी व्यवस्थापक अनिता भुसालले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























