चन्द्रौटा, १४ पुस ।
आर.ए. अन्जान
पूर्व राजा ज्ञानेन्द्र शाहले पृथ्वी नारायण शाहको जंगी शालिक अनावरण गरेका छन् । कपिलवस्तुको शिवराज नगरपालिका– ३ खरेन्द्रपुर चौराहामा निर्माण गरिएको शालिक शनिबार शाहले अनावरण गरेका हुन् । खरेन्द्रपुर स्थित बालहंस साङ्गवेद गुरुकुलमा रहेको स्वर्णद्वारा आश्रममा पूजापाठ पछि उनले शालिक अनावरण गरेका थिए । पूजापाठका क्रममा बटुकहरुले स्वस्ति वाचन गरेका थिए ।
पूर्व राजा शाहले नागरिक अभिनन्द समेत ग्रहण गरेका थिए । कार्यक्रममा सहभागीहरुले राजतन्त्रको पक्षमा नाराबाजी लगाएका थिए । शिवराज नगरपालिका नगरप्रमुख अजय थापाले पूर्वराजा वीरेन्द्र शाहको जन्मोत्सवको अवसरमा पूर्व राजा ज्ञानेन्द्र शाहको करकमलबाट शालिक शिलान्यास हुन आफैमा ऐतिहासिक क्षण रहेको बताए । शिवराज नगरपालिकाको २५ लाखको लागतमा निर्माण गरिएको शालिक उनले अनावरण गरिएको जनाइएको छ ।