व्यापार संघ कपिलवस्तुद्धारा मन्त्री थापालाई स्वागत तथा बधाई
कपिलवस्तु, १३ पुस ।
व्यापार संघ कपिलवस्तुले लुम्बिनी प्रदेशका उद्योग वाणिज्य श्रम तथा यातायात व्यवस्था मन्त्री सरोज थापा(रोज राणा) लाई स्वागत तथा बधाई कार्यक्रम गरेको छ । संघको कार्यलयमा भएको कार्यक्रममा मन्त्री थापाले आफुले रिजल्ट आउने गरि काम गर्ने बताएका छन् ।
मन्त्री थापाले आफु रिबन काटने कार्यक्रममा नगएर मन्त्रालयमा काम गरेर विकास तर्फ लाग्ने बताए ।
“अहिले मन्त्री भयो भनेर चिनेपनि केहि समयमा काम गरेछ भनेर चिन्नुहुन्छ” थापाले भने “म विशुद्ध जनताको काम गर्नको लागि आएको छु काम गरेर देखाउछु” । सामान्य वर्गको मान्छे भएकोले कुनै लोभ लालच नभएको तर्क राखे । कार्यक्रममा व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेलले कतिपय निर्वाचित युवाले युवाको लोकप्रियतालाई स्वार्थ सँग साटेकोले यसमा मन्त्रीले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
युवा मन्त्री भएपछि काम गर्छ भन्ने प्रमाणित गर्न समेत आग्रह गनुभयो । पोख्रेलले मायाको चिनो सहित दोसल्ला ओढाएर सम्मान व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























