कपिलवस्तु, ५ पुस ।

नेकपा एमाले जिल्ला सदस्य तथा बुद्धभुमि नगरपालिका वडा नम्बर २ का पुर्व अध्यक्ष स्व भेषराज शर्मा खनालकाे शाेक सभा समपन्न भएकाे छ । एमाले कपिलवस्तु जिल्ला कमिटिले आयाेजना गरेकाे शाेक सभामा बाेल्दै एमाले केन्द्रीय सदस्य वृजेश कुमार गुप्ताले स्व खनालले दिएकाे ईमान्दारिताकाे बाटाेमा सबै लाग्नु पर्ने बताउनु भयाे । उहाँ सँग भेट्दा सधै वडाकाे विकासकाे लागि कुरा गर्ने गुप्ताले बताउनु भयाे । पुर्व कानुन मन्त्रि समेत रहनु भएका गुप्ताले शर्माले उहाँ काे परिवार प्रति श्रद्धासुमन प्रकट गर्नु भएकाे थियाे ।

एमाले केन्द्रीय लेखा आयाेग उपाध्यक्ष विष्णु पन्थिले स्व शर्मा एक सच्चा कम्युनिष्ठ नेता रहेकाे बताउनु भयाे । जनप्रतिनिधि हुँदा सबैलाई मिलाएर लैजाने खुबि रहेकाे शर्माकाे निधनले बुद्धभुमिलाई शून्य बनाएकाे पन्थिले बताउनु भयाे । शाेक सभाकाे,समापन गर्दै एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले स्व खनाल सबैकाे साझा व्यक्तित्वकाे रुपमा परिचित हुनु भएकाे  बताउनु भयाे । उहाले जिवित हुँदा गरेका याेगदान अविश्मरणिय रहेका छन् । सबै जातजाति, भाषाभाषी, दल , लिङ्ग तथा समुदायले उहाँकाे ईमान्दारिताकाे कदर गरेकाे बताउनु भयाे ।

शाेक सभामा बाेल्दै एमाले बरिष्ठ नेता झविलाल पाेख्रेलले स्व खनालकाे ईमान्दारिता र शालिन व्याव्हारकाे कारण सबैकाे प्याराे हुनु भएकाे बताउनु भयाे । शाेक सभामा समाजसेवि बिष्णुहरि शर्मा , नेपाली काँग्रेसका नेता पदम खनाल     ले स्व शर्माले गरेका याेगदानकाे चर्चा गर्दै उहाँ नेम्वाङ जस्तै स्वभाव रहेकाे बताउनु भएकाे  थियाे ।शाेक सभाका एमाले केन्द्रिय सल्लाहकार ईन्द्रमणि पाैडेल, लुम्विनि प्रदेश सभा सदस्य अर्जुन केसि, एमाले लुम्विनि प्रदेस कमिटि सदस्य दृघनारायण पाण्डे, नेत्रराज अधिकारी, धनु अधिकारी , खुम प्रसाद अाचार्य , धर्म भुसाल, दाेर्णराज सुवेदी, धर्मबहादुर श्रीवास्तव, शारदा शर्मा चन्द्रा भट्टराई, लाल बहादुर सुनार, एमाले बरिष्ठ नेता बावुराम खनाल, नेपाली काँग्रेस नेता हिमलाल न्याैपाने लगायतकाे सहभागिता रहेकाे थियाे । कार्यक्रमकाे संचालन एमाले जिल्ला सचिव सिवि गहतराज र जिल्ला सचिवालय सदस्य पिताम्वर खनालले स्व खनालकाे जिवनी सुनाउनु भएकाे थियाे ।