पूर्वराजा शाह पौष महिनाको १४ गते शिवराजको खरेन्द्रपुरमा पृथ्वीनारायण शाहको शालिक अनावरण गरिने
दिपक खडका चन्द्रौटा ।
पूर्वराजा ज्ञानेन्द्र शाह आगामी हप्ता पौष महिनाको १४ गते शिवराज नगरपालिका वडा न ३ खरेन्द्रपुरमा पृथ्वीनारायण शाहको शालिक अनावरण गर्न आउने शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले बताउनु भयो ।
पूर्वराजा शाह पश्चिम क्षेत्र र मध्य क्षेत्रको भ्रमणको सिलसिलामा आगामी हप्ता आउने कार्यक्रम तय भएको उहाँका संवाद सचिव डा. फणिराज पाठकले सोमवार एक सूचना जारी गर्दै पूर्व राजासँगै पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाह पनि भैरहवा, शिवराज हुँदै पश्चिम क्षेत्रको भम्रण गर्ने जनाएको छ ।
पूर्वराजा शाहको पश्चिम र मध्यपश्चिम कपिलवस्तु सहित केही जिल्लाको भ्रमण गर्ने कार्यक्रम रहेको पाठकले जानकारी दिनु भयो ।


तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























