रामबहादुर गन्धर्व

कपिलवस्तु, १ पुस ।

लुम्बिनी प्रदेश सदस्य एवं पुर्व स्वास्थ्य मन्त्री बिष्णु पंन्थीले बाणगगा नगरपालिकामा रहेका अधिकांश सहकारीहरू अब्बल रहेको भन्दै बाणगंगा६ भगलापुर स्थित माउण्ट एभरेष्ट सहकारी सहकारी संस्था लिमिटेडले नगरमै छुट्टै पहिचान बनाउन सफल रहेको उनलेे बताए ।

फजुँल खर्च कटौती गरौ ,बचत गर्ने बानी बसालौ ,ब्यवस्थित सहकारी विश्वासनी सेवा भन्ने मुल मान्यता सहित माउण्ट एभरेष्टबचत तथा ऋण सहकारी संस्था लि.बाणगंगा५कपिलवस्तुले शनिबार आयोजना गरे २५औं साधरणसभा तथा रजत बर्ष २०८० लाई समुद्घाटन गर्दै वहाँले यस्तो बताउनु भएको हाे। बाणगंगा नगरपालिकाका उपमेयर,आयोजित संस्थाकि उपाध्यक्ष समेत रहेकी रिता कुमारी चौधरीले २०जना सदस्यले २०।-रूपियाबाट शुरूवात गरेको यस सहकारीमा ३हजार ९सय ५३ अर्थात् झन्डै ४हजार शेयर सदस्य रहेको सहकारीले आफ्नै भवनबाट सम्पुर्ण सेवासुबिधा प्रदान गर्दै आएकाे खुशी ब्यक्त गर्दै संस्थाकाे समुज्जवल भविष्य सहित पुर्ण सफलताको शुभकामना दिएकी थिइन् ।

यसै बिच संस्थाका काेषाध्यक्ष लेखनाथ भट्टराईले आ .ब. २०७९/०८०काे संस्थाकाे कुल पुँजी २४कराेड ३३लाख ५९हजार १सय रूपिया सार्वजनिक गरेका थिए।,लेखा समिति संयाेजक देवीप्रसाद पाेख्रेलले लेखा प्रतिवेदन प्रस्तुत गर्दै । संस्थाले यस् आर्थिक बर्षमा ३८लाख १९हजार १सय रूपिया नाफा कमाउन सफल रहेको बताउदै संस्थाको कुल शेयर पुँजी १कराेड ८२लाख ५५हजार २सय रहेको जानकारी दिए। त्यस्तै :समितिका सचिव खेमराज भट्टराईले प्रगति प्रतिवेदन गरेका छन् भने अध्यक्ष पाेख्रेलले आर्थिक बर्ष२००८०/८१का लागि भावि याेजना सहित निति तथा कार्यक्रम अगाडि सारेका छन् । संस्थाका ब्यवस्थापक रबिलाल भट्टराईले टीप्पणीका बारेमा प्रष्ट पारेका थिए। साे अवसरमा संस्थाले ज्येष्ठ नागरिकहरू समाजका इतिहास भएको बताउदै ,सफल ब्यवशायी ,असल बचतकर्ता समाजमा याेगदान पुर्याएका बृद्धबृद्वाहरू असल कृषक समूह लगायतलाई दाेसल्ला सहित सम्मानपत्रले सम्मानित गरेको थियो ।

संस्थाका विभिन्न उपसमितिका पदाधिकारी ,सामाजिक संघसंस्थाका पदाधिकारी ,स्थानीय जनप्रतिनिधि ,समाजसेवी बुद्धिजीवी शेयरसदस्य शुभेच्छुक लगाएतकाे उपस्थिति रहेको कार्यक्रम अध्यक्ष युवराज पाेख्रेलकाे अध्यक्षता ,स-सचिव प्रकाश भुसालको स्वागत मन्त्ब्य र सचिव खेमराज भट्टराईकाे सञ्चालनमा सम्पन्न भएको थियो ।