शिवराजमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन, घर बाटै बिभेदकोको अन्त्य गर्नुपर्नेमा सरोकारवालाको जोड
कमल बिस्ट, कपिलवस्तु
कपिलवस्तुको शिवराज नगरपालिकामा यही मङ्सिर ९ गते देखि शुरु भएको ३२ औं लैङ्िगक हिंसा विरुद्धको १६ दिने अभियानको समापन आज एक औपचारिक कार्यक्रमको आयोजना गरी समापन भएको छ, नगर उपप्रमुख शिवकुमारी थारूको अध्यक्षता, प्रदेश सभा सदस्य अर्जुनकुमार केसीको प्रमुख आतिथ्यता, नगर प्रमुख अजय थापाको विशिस्ट आतिथ्यता, बिभिन्न वडाका वडा अध्यक्ष, मानव अधिकार प्रतिष्ठान, दलित महिला मानवअधिकार निगरानी समूह, किर्डाक नेपाल लगायत बिभिन्न संघ संस्थाका सहयोगी संस्थाको रुपमा रहेका थिए ।

कार्यक्रम मन्तब्य राख्दै प्रमुख अतिथि समेत रहनुभएका लुम्बिनी प्रदेशसभा सदस्य अर्जुनकुमार केसीले मानव जाति हिंसाउन्मुख हुदै जानु दुखद भएको बताउदै अन्य प्राणी स्त्री जाति एक आपसमा लड्ने गरेको नदेखिएपनि मानव जातिमा स्त्री स्त्रीमा समेत हिंसा हुनु दु:खद रहेको बताउदै छोरा छोरीमा भने छोरी भन्दा छोरालाई बढी अनुसासनमा राख्नुपर्ने अवस्था आएको बिचार व्यक्त गर्नुभयो ।

त्यस्तै नगरप्रमुख अजय थापाले हरेकले आफ्नो घरमा भैरहेको हिंसा बन्द गर्न सके हिंसामुक्त समाज बन्न सक्ने बताउदै छोरा र छोरीमा आफ्नै अभिभावक बाट बिभेद हुनेगरेको बताउदै त्यसमा अन्त्य हुनु जरुरी रहेको धारणा राख्नुभयो ।

त्यस्तै कार्यक्रमकी अध्यक्ष नगर उपप्रमुख शिवकुमारी थारूले लैङ्गिक हिन्सा र बिभेद महिला पुरुषमा भन्दा बढी तेस्रो लिङ्गीमा बढी उत्पिडन रहेको बताउदै समाजका हरेक बिभेद र उत्पिडन लाई न्यूनीकरण गर्न यस्ता अभियानले मद्दत गर्ने जिकिर गर्नुभयो ।

शिवराज नगरपालिकाको आयोजना, शिवराज आशा संजालको सहआयोजना तथा विभिन्न गैह्रसरकारी संस्थाको सहकार्यमा सन्चालित १६ दिने अभियानको समापन नगद उपप्रमुख शिवकुमारी थारूको अध्यक्षता, प्रदेश सभा सदस्य अर्जुनकुमार केसीको प्रमुख आतिथ्यता, नगर प्रमुख अजय थापाको विशिस्ट आतिथ्यता, बिभिन्न वडाका वडा अध्यक्ष, मानव अधिकार प्रतिष्ठान लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार लगायतको प्रतिनिधित्व रहेको कार्यक्रम शिवराज आशा सन्जालकी सदस्य हसिना थारूको सन्चालनमा सम्पन्न भएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















