जनसेवा कृषि सहकारीको १६औं साभरणसभा सम्पन्न
राम बहादुर गन्धर्व
बणगंगा, २३ मंसिर । कपिलवस्तुकाे बाणगंगा नगरपालिका वडा नं.७स्थित श्री जनसेवा कृषि सहकारी संस्था लिमिटेडकाे १६औं साधरणसभा शनिबार एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।
यसै बिच संस्थाका काेषाध्यक्ष अमर गुरूङले संस्थाकाे खुद नाफा ३३लाख ३९ हजार ५सय ७७रूपिया भएको बताउदै यस् आर्थिक बर्षकाे ४कराेड४४लाख ९२हजार ५ सय ८४ रूपिया बराबरको आयब्याय सार्वजनिक गरेका छन् ,त्यस्तै संस्थाका लेखा संयाेजक झगेस्वर अर्यालले हालसम्मको ४कराेड ८५ लाख ६ हजार ५७ रूपियाकाे लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए भने संस्थाका अध्यक्ष क्या.टाेपबहादुर थापाले शेयर सदस्य संस्थाकाे मेरूदण्ड भएकोले सदस्यता बिस्तार गर्ने ,किसानलाई सहुलियत दरमा ऋण उपलब्ध गराउने ,संस्थाकाे कार्य क्षेत्र बृद्वि गर्ने ,शेयर पुँजी बृद्वि गर्ने जस्ता अति महत्त्वपूर्ण याेजनाहरू अगाडि सारेका थिए ।
साे अवसरमा संस्थाले ८४ बर्षिय ५ जना बृद्वबृद्वाहरूलाई पुरस्कार सहित सम्मान गरेको छ,यस्तै गत बर्षकाे माध्यमिक शिक्षा परिक्षा – एस.ई.इ.मा उत्कृष्ट हुने ३जना छात्र छात्रालाई पुरस्कार प्रदान गरेको छ । यसरी पुरस्कृत हुनेहरूमा नवीन श्रेष्ठ ,शिखा साेमै मगर र प्रशंसा आचार्य रहेका छन् । प्रदेश सभा सदस्य बिष्णु पंथिकाे प्रमुख आतिथ्यता,वडा नं.७ का वडा अध्यक्ष बिष्णु गिरी, फुलबारी सामुदायिक बनका अध्यक्ष जयलाल गिरी ,बाणगंगा नगरपालिकाका विभिन्न तहका प्रमुख ,विभिन्न सामाजिक संघसंस्थाका पदाधिकारी ,स्थानीय समाजसेवी लगायतकाे बिशिस्ट आतिथ्यता , संस्थाका शेयर सदस्य ,पत्रकार ,शुभेच्छुकहरूकाे सक्रिय सहभागीता रहेको कार्यक्रम उपाध्यक्ष रामबहादुर थापाकाे स्वागत मन्त्ब्य र मिना क्षेत्री थापाकाे सञ्चालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























