रामबहादुर गन्धर्व
कपिलवस्तु, १७ मंसिर ।
एकीकृत नेपाल राष्ट्रिय बिश्वकर्मा समाज कपिलवस्तुकाे प्रथम जिल्ला भेला एक कार्यक्रमका बिच सम्पन्न भएको छ। शनिबार बुद्वभुमि नगरपालिका वडा न.२ गाेरूसिङ्गेकाे भिमसेन मन्दिरकाे प्रङ्गणमा सम्पन्न भेलाले रणबहादुर सुनारको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको छ ।
जसको उपाध्यक्षमा मञ्जु सुनार,रन्जित सुनार सचिवमा प्रविण बि.क. काेषाध्यक्षमा टेकबहादुर बि.क.रहेका छन् । भने सदस्यहरूमा सुकमाया सुनार, रेशम बि.क. ,बबिता सुनार,धनबहादुर सुनार ,नरबहादुर , सुमित्रा परियार र जुना केसरी सुनार रहेका छन् । प्रथम भेलालाई सफलताको शुभकामना दिदै सैनिक संगठनका सभापति मकरध्वज कुँवरले सृष्टिका रचियताहरूलाई छुवाछूत , विभेद गर्नु नहुने बताउदै आफुले त्यस्तो ब्यवहार नगरेको , परिवर्तन आफैबाट शुरू गर्न अगामी फागुन दाेस्राे हप्तादेखि श्रीमद्भागवतकाे आयोजना गरी दलित समुदायको पण्डित , कर्ता राख्ने घाेषणा गर्दै उक्त कार्यक्रममा सबैलाई सहभागी हुन आग्रह गर्नुका साथै उनले विभेद गर्नेहरूलाई नेपालकाे कानुन अनुसार कार्वाही गर्ने पनि चेतावनी दिनुभयाे ।
त्यस्तै समाजका केन्द्रीय अध्यक्ष समेत रहेका गाेपालप्रसाद बिशेवकर्माले पनि नवगठित पदाधिकारीहरूलाई शुभकामना ब्यक्त गर्दै दलित जात नभई परिवेश भएको प्रष्टाउदै राज्यका हरेक निकायमा पुर्ण समानुपातिक समावेशी अधिकार सुनिश्चित गर्न सम्पूर्ण दलित एकजुट भएर लाग्नु पर्नेमा जाेडदिनुभयाे ।
विभिन्न संघसंस्था का पदाधिकारी ,राजनीतिक दलका प्रतिनिधि ,जनप्रतिनिधि ,समाजसेवी ,बुद्धिजीवी लगाएतकाे सक्रिय सहभागी रहेको कार्यक्रम रणबहादुर सुनारकाे अध्यक्षता केन्द्रीय उपाध्यक्ष दिपक नारायण बिश्वकर्मा ,छुवाछूत बिरूद्व अभियानका उपाध्यक्ष मानबहादुर रसाइली ,काेषाध्यक्ष माया घिमिरे गहतराजकाे बिशिस्ट आतिथ्यता टेकबहादुर बि.क.काे स्वागत मन्त्ब्य र शेरबहादुर बि.काे सञ्चालनमा सम्पन्न भएको थियो ।