(विजयनगर) कपिलवस्तु, १६ मंसिर ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) कपिलवस्तुको स्वयम् सेवक टोलीले भुकम्प प्रभावित क्षेत्रमा उपचार र पुर्ननिर्माण गरेर आफ्नो जिल्ला फर्किने भएको छ । एमाले कपिलवस्तु प्रतिनिधिहरुको स्वयम् सेवक टोलीले १२ दिनपछि शनिबार औषधी उपचार र पुर्ननिर्माणको काम सकाएर फर्किन लागेको जनाइएको छ ।
एमाले जिल्ला अध्यक्ष डम्मर शर्माको नेतृत्वमा भुकम्प प्रभावित क्षेत्रमा खटिएको स्वयम् सेवक टोलीले भुकम्प पिडितको घाउमा मलम लगाएरु १२ औँ दिनपछि कपिलवस्तु फर्किन लागेको नेकपा एमाले विजयनगर गाउँ कमिटीका अध्यक्ष थर्क बहादुर खन्गाहाले बताए । स्वयम् सेवक टोलीले दिएको जानकारी अनुसार एमाले कपिलवस्तु प्रतिनिधिहरुको स्वयम् सेवक टोलीले भुकम्प पिडितका २३ ओटा अस्थायी घरटहरा, गोठहरु पुर्ननिर्माण गरेको जनाएको छ ।
स्वयम् सेवक टोलीले क्षतिग्रस्त घरटहराहरुलाई भत्काएर अस्थायी रुपमा पुर्ननिर्माण गरिएएको भुकम्प प्रभावित क्षेत्रमा खटिएका टंक बहादुर सुनारले बताए । उनले रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको वडा नम्बर ११ चिसापानीमा उक्त घरटहराहरु पुर्ननिर्माण गरिएको बताए ।
यस्तै डा. धर्मराज भट्टराईको नेतृत्वको स्वास्थ्य स्वयम् सेवक टोलीले ५ सय भन्दा बढी सर्वसाधारण बालबालिका, महिला तथा बृद्धबृद्धाहरुको औषधी उपचारसमेत गरिएकोे विपद् व्यवस्थापन स्वयम् सेवक विभागका केन्द्रीय सदस्य हेमन्त भुषालले जानकारी दिए । भुकम्प प्रभावित क्षेत्रमा त्रिपालमुनि बस्नुपर्ने बाध्यताले गर्दा बढी चिसोका कारण बिरामी हुने जोखिम पनि रहेको उनको भनाई छ ।
उनले चिसोमा काम गर्न समस्या भए पनि सेवा गर्न पाउँदा खुसी लागेको बताए । भुषालले चिसोका कारण १२ दिनभित्र यसमा क्षेत्रमा ३ जनाको मृत्यु भएको बताए । उनले घरटहरा निर्माण भएपछि भुकम्प पिडितले खुसी समेत व्यक्त गरेको बताए ।
कपिलवस्तु स्वयम् सेवक टोलीले आफूहरुको कामबाट धेरै आमाबुबाले राहत र उपचार पाएको जनाएको छ । एमाले अध्यक्ष डम्मर शर्माको नेतृत्वमा गत मंसिर ४ गते गएको २१ जनाको टोलीे टोली शनिबार फर्किन लागेको छ ।
गत कार्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर भुकम्प गएको थियो । भुकम्पले जाजरकोट र रुकुम पश्चिमका अधिकांश घर भत्किएका छन् भने जनधनको ठुलो क्षति भएको छ ।