रामबहादुर गन्धर्व
बाणगंगा, १६ मंसिर ।
बिहानी सामाजिक उद्यमी महिला कृषि सहकारी संस्था लि.बाणगंगा नगरपालिका ५ काेपवा कपिलवस्तुकाे ९औं साधरणिभा एक कार्यक्रमका बिच सम्पन्न भएको छ । साे अवसरमा संस्थाकश्र काेषाध्यक्ष बिना मल्लले आ .ब.२०८०असार मसान्तसम्मकाे आय-ब्याय प्रस्तुत गर्दै संस्थाले गत बर्षकाे जम्मा निक्षेप रू: १कराेड ८१लाख ३०हजार ४सय ८२रूपिया रहेकोमा यश आ .ब.२०७९/०८०मा रू.३९लाख ३७हजार २सय ६रूपियां बृद्वि भइ २कराेड २०लाख६७हजार ६सय ८९रूपियां रहेको जानकारी दिदै संस्थाले ०७९/०८०मा ६कराेड ८८लाख १५हजार ५सय ८५ रूपियां बराबरको आय-ब्याय सार्वजनिक गरेकी छिन् ।
त्यस्तै :लेखा संयाेजक बिमला कुमारी जाेसीले लेखा प्रतिवेदन प्रस्तुत गर्दै संस्थामा १३७८जना शेयर सदस्य रहेको बताउदै संस्थाकाे कुल पुँजी ४कराेड १लाख ५हजार ५सय ३६रूपियाँ रहेको बताएकि छिन् । भने अध्यक्ष तुल्सी थापाले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आ .ब.२०८०/०८१काे अन्त सम्ममा प्रतिदिन १५सय लिटर दूध संकलन गर्ने । १३७८शेयर सदस्यबाट बृद्वि गरि १७सय जना पु-याउने ,बचत २,२०,६७,६८९बाट बृद्वि गरि ३कराेड र शेयर पुँजी ४८लाख ५२हजार ४सय बाट बृद्वि६०लाख पु-याउने लक्ष्य सहित अगामी बर्ष ०८०/०८१का लागि हाल खरिद गरिएको ५कठ्ठा जग्गामा विभिन्न निकायहरूसँग समन्वय गरि भवन निर्माण गर्ने ,बाणगङ्गा नगरपालिका पशु शाखा सँग समन्वय गरि पशु स्वास्थ्य शिविर ,घाँसकाे बिऊ औंषधी उपलब्ध गराउनुका साथै ब्यवसायिक पशु पालक सदस्यहरूलाई प्राविधिक सेवा सहित सुलभ ब्याज दरमा ऋण लगानीमा प्राथमिकता दिने अति महत्त्वपूर्ण याेजना अगाडि सारेकि छिन् ।
साे अवसरमा संस्थाले ७०बर्ष माथिका ८जना ज्येष्ठ महिला सदस्यहरूलाई १/१किलो सहित दाेसल्ला ओढाई सम्मान गरेको छ ,भने ३जना लगनशिल,जेहेन्दार बिद्यार्थीहरूलाई पढाइमा निरन्तरताका लागि नगद,शैक्षिक सामग्री प्रदान गर्नुका साथै उत्कृष्ट बचतकर्तालाई पनि प्रमाणपत्रले सम्मान गरेको थियो । साधरणसभालाई सम्बाेन गर्दै लुम्बिनी प्रदेशका मानिनिय याेजना आयोगका सदस्य सराेज खनाल ,बाणगङ्गा नगरपालिकाकि उपप्रमुख रिता कुमारी चौधरी ,वडा न.५का वडाध्यक्ष दुनिका प्रसाद भुसाल लगायतले संस्थाकाे उत्ताेरत्तर प्रगतिकाे कामना सहित आ आफ्नो क्षेत्रबाट सक्दाे सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् -त्यस्तै नगरपालिकाका पशु शाखा प्रमुख राजकुमार तिवारीले पनि संस्थालाई निरन्तर रूपमा सहयोग गर्ने प्रतिबद्धता सहित पशुपालक कृषकलाई बिमा गर्न आग्रह गरे। विभिन्न सामाजिक संस्थाका पदाधिकारी ,शेयर सदस्य ,बचतकर्ता ,सहयोगी ,शुभेच्छुक लगायतकाे उपस्थिति रहेको कार्यक्रम तुल्सी थापाको अध्यक्षता याेजना आयोगका सदस्य सराेज खनालकाे प्रमुख आतिथ्यता ,शिवकला बेलबसेकाे स्वागत मन्त्ब्य र नर्मदा चुँदालीकाे सञ्चालनमा सम्पन्न भएको थियो ।