रामबहादुर गन्धर्व कपिलवस्तु, १४ मंसिर ।
ज्ञानज्याेति शिक्षा सदन बाणगंङ्गा ६ बैदौली क.ब.ले आफ्नो १५औं बार्षिकाेत्सव तथा अभिभावक भेला एक कार्यक्रम काे गरि मनाएको छ। बिहिवार आयोजित उत्सवकाे अवसरमा बाेल्ने बक्ताहरूले बिद्यालयकाे क्रियाकलापप्रति प्रशंसा गर्दै शैक्षिक प्रगतिसहित बिद्यालयकाे उज्ज्वल भविष्यकाे कामना गरेका थिए ।
त्यस्तै बिद्यालय रका प्राचार्य ठाकुरप्रसाद पाेख्रेलले २०६५साल मंसिर १४गते स्थापना भएको बिद्यालयमा ३सय जना शेयर सदस्य रहेको जानकारी गराउदै ३सय बढी बिद्यार्थीहरूले एस.इ.हुँदै कक्षा १२उत्तीर्ण गरि स्वदेश ,बिदेशका प्रख्यात बिद्यालयमा नाम निकाल्न सफल हुनुका साथै स्वदेशका सरकारी तथा गैरसरकारी संस्था र बिदेशका विभिन्न कम्पनीमा स्थापीत भएको ,२पटक बिद्यालयलाई चिनाउन समेत सफल भएको प्रगति प्रतिवेदन सार्वजनिक गर्दै अगामी याेजनाहरू पेश गर्नु भएको छ ।
पेश गरिएको याेजनाहरूमा बिद्यार्थीहरूकाे क्षमता अभिवृद्धि ,विभिन्न प्राविधिक ज्ञानसिप -कृषि उपज जस्ता अति महत्त्वपूर्ण बिषयलाई प्राथमिकता राखिएको पाेख्रलले बताउनु भयो । यसै बिच बिद्यालयले विभिन्न भेषभुषा ,भाषा धर्म ,संस्कृति झल्काउने सन्देशमुलक सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरेको थियो ।
स्थानीय समाजसेवी ,बुद्धिजीवी ,शेयरसदस्य ,सञ्चालक समिति अभिभावक ,शिक्षक कर्मचारी ,शुभेच्छुक लगाएतकाे उल्लेखनीय उपस्थिति रहेको कार्यक्रम युवराज पाेख्रेलकाे अध्यक्षता लुम्बिनी प्रदेश याेजना आयोगका सदस्य सराेज खनालकाे प्रमुख आतिथ्यता ,शैक्षिक संयाेजक ध्रुब पौडेलकाे स्वागत मन्त्व्य र सहायक प्र.अ. प्रकाश बि.क.काे सञ्चालनमा सम्पन्न भएको बिद्यालयले जनाएको छ।