चन्द्रौटा(कपिलवस्तु), ९ मंसिर ।
३२औं लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान मंसिर ९ गते अर्थात नोवेम्बर २५ बाट शुभारम्भ भएको छ ।
लैंगिक हिंसा अन्त्यको सुनिश्चितता: महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ मूल नारासहित चन्द्रौटा चोकमा द्वीप प्रज्वलन गरि अभियान उदघाटन गरिएको हो । शिवराज नगरपालिका नगर उपप्रमुख शिवकुमारी चौधरीको अध्यक्षता तथा लुम्बिनी प्रदेशसभा सदस्य अर्जुन कुमार केसी ज्यूको प्रमुख आतिथ्यतामा द्वीप प्रज्वलन गरि अभियानलाई स्वागत गरिएको थियो ।
१६ दिनसम्म चल्ने अभियानमा चन्द्रौटा क्षेत्रका सरकारी तथा गैर सरकारी विभिन्न संघसंस्थाहरूको ऐक्यबद्धतासहित सहकार्य रहेको छ ।
द्वीप प्रज्वलन कार्यक्रममा शिवराज नगरपालिका वडा नं. १ का वडाध्यक्ष खिम विक्रम केसी, वडा नं. ५ का वडाध्यक्ष नेत्रप्रसाद बेल्बासे, चेम्बर अफ कमर्श कपिलवस्तुका वरिष्ठ उपाध्यक्ष जगत प्रसाद पौडेल, राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका अध्यक्ष विष्णु प्रसाद खतिवडा, वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक गीता प्रसाद चौधरी, किर्डाक नेपालका जिल्ला संयोजक कृष्ण रावल, महिला मानव अधिकार निगरानी समितिका जिल्ला अध्यक्ष मीना परियार, सामाजिक विकास मञ्चका अध्यक्ष राम प्रसाद पौडेल, दियालो नेपालका अध्यक्ष ज्योति पुनमगर, शान्ति पुनर्स्थापना गृहका प्रतिनिधि सुशिला खनाल, आशा सञ्जालका किशोर किशोरीहरू लगायत विभिन्न संघसंस्था प्रमुख एवं प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
शिवराज नगरपालिकाको आयोजना तथा शिवराज आशा सञ्जाल कपिलवस्तुको सह आयोजनामा शुभारम्भ भएको लैंगिक हिंसा विरूद्धको अभियान १६ दिनसम्म अर्थात डिसेम्बर १० सम्म विबिध कार्यक्रम गरि मनाइने आयोजकले जनाएको छ ।