काठमाण्डाै, ३ मंसिर । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटकाे फाइनलमा भारतसँगकाे खेलमा अस्ट्रेलियाका ट्राभिस हेडले अर्धशतक बनाएका छन् ।
भारतले दिएकाे २ सय ४१ रनकाे लक्ष्य पछ्याएकाे अस्ट्रेलियाका लागि हेडले ५८ बलमा शतक बनाए । उनी अहिले पनि क्रिजमा छन् । २५ ओभरकाे खेल सकिँदा अस्ट्रेलियाले ३ विकेट गुमाएर १ सय ३५ रन बनाएकाे छ । यसअघि अस्ट्रेलियाका डेभिड वार्नर ७, मिचेल मार्श १५ र स्टेभेन स्मिथ ४ रनमा आउट भए ।
हैदराबादमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे भारत निर्धारित ५० ओभरमा २ सय ४० रन बनाउँदा अलआउट भयाे । भारतका केएल राहुलले सर्वाधिक ६६ रन बनाए । यस्तै विराट काेहली ५४ र कप्तान राेहित शर्माले ४७ रन जाेडे । बलिङतर्फ अस्ट्रेलियाका मिचेल स्टार्कले ३ तथा जाेश हेजलवूड र कप्तान प्याट कमिन्सले समान २ विकेट लिए ।