प्यूठानमा आमाछोरा मृत अवस्थामा फेला

काठमाण्डौ, २ मंसिर । प्यूठानको नौबहिनी गाउँपालिका–३ खवांगमा आमाछोरा मृत फेला परेका छन् । २२ वर्षीया रिमा बुढामगर हिजो मृत अवस्थामा फेला परेको र हराइरहेका तीन वर्षका छोरा मुस्कान पनि आज मृत अवस्थामै भेटिएका जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
प्यूठानका प्रहरी प्रमुख ईश्वर थापामगरसहितको टोली घटना स्थलमा पुगेर अनुसन्धान थालेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर










