काठमाण्डाै, २५ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल संवतलाई सरकारको दस्ताबेजमा लेख्ने बताउनुभएको छ ।
साहित्यकार पद्यरत्न तुलाधरको पाँचौं स्मृति दिवसको अवसरमा आज काठमाण्डौमा भएको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपाल संवत् नै राष्ट्रिय संवत् भएकाले सरकारको दस्ताबेजमा लेख्न आवश्यक भएको बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा नेपाल संवतलाई राष्ट्रिय संवतका रुपमा मान्यता दिएको बताउँदै अब राष्ट्रिय संवत् भनेर मात्रै नपुग्ने पनि उल्लेख गर्नुभयो । त्यसका लागि व्यवहारमा कार्यान्वयन गर्नु पनि उत्तिकै आवश्यक रहेकोमा प्रचण्डले जोड दिनुभयो ।